जलजलामा बजार अनुगमन

Gandaki Ghumau

बेनी । पर्बतको जलजला गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा प्रशासन, प्रहरी, गाउँपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले वारीबेनी र मिलनचोकमा अनुगमन गरेको थियो । २३ वटा खाद्यान्न तथा किराना पसल हरुको अनुगमन गरिएको कार्यालयका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।

“अनुगमन गर्नुभन्दा केही दिन अघि डिलरकहाँबाट ब्यापारिले ल्याएको सामानको पनि म्याद नाघेको भेटियो,” उहाँले भन्नुभयो “म्याद नाघेका बस्तु गाउँका बजारमा पठाउने प्रवृति देखिएकाले उपभोक्ता सचेत, डिलर र ब्यापारी जिम्मेवार बन्नुपर्ने देखियो ।”

Shreekrishna
Gunasthariya Shiksya

अनुगमनका क्रममा म्याद गुज्रेजका, लेवलिङ नभएका बिस्कुट, तेल, घ्यू, झिलिङगा, सुजी, मसला, पानीपुरी, सूर्ति, मदिरा लगायत अखाद्य सामग्री जफत र नष्ट गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

अनिवार्य पसल दर्ता गरेर मात्र सञ्चालन, नियमित नबिकरण गर्न, मूल्यसूचि अनिवार्य राख्न, म्याद गुज्रिएका खाद्य सामग्री छुट्याएर भिन्न भिन्न ठाउँमा राखी कम्पनीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

म्याद गुज्रिएका खाद्य सामग्री खरिद बिक्री नगर्न, खाद्यान्न पसलहरुमा अनुमति बेगर अखाद्यय पदार्थको बिक्री बितरण नगर्न, लेवलिङ नभएका अखाद्य पदार्थको बिक्री बितरण नगर्न, कम्पनी मार्फत पसलहरुले खरिद गर्दा स्पष्ट लेबलिङ भएका खाद्य पदार्थ मात्र खरिद गर्न, पसलको सरसफाईमा ध्यान दिन सुझाव दिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...