म्याग्दीमा एमालेको पालिका अधिबेशन ः रघुगंगा,मंगला र मालिकामा सर्बसम्मत, बेनीमा तीन जनाको दाबी, धवलागिरीमा सहमतिको प्रयास

Gandaki Pardesh notice

बेनी, नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत मंगलबार म्याग्दीको रघुगंगा, मालिका र मंगला गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ ।

तीन जनाको अध्यक्षमा दाबी परेको बेनी नगर कमिटिको अधिवेशन बुधबार बिहान सम्मका लागि स्थगित भएको छ । धवलागिरीको अधिवेशनमा नेतृत्व चयनका बिषयमा छलफल जारी छ । गाउँपालिका कमिटिका अध्यक्ष बिरामी भएका कारण अन्नपूर्ण गाउँपालिकाको अधिवेशनको मिति भने तय भइसकेको छैन् ।

दिपक कार्कीको अध्यक्षतामा गठन भएको रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा गमबहादुर पुन, सचिबमा झलक शर्मा, उपसचिबमा यामकुमारी गर्बुजा र दिपा पुन चयन हुनुभएको छ । मौवाफाँटमा भएको अधिवेशनबाट चयन भएको रघुगंगाको ५८ सदस्यीय कमिटि गठन भएको नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

नवनिर्बाचित पदाधीकारी र सदस्यहरुलाई एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिब सुबेदी, जिल्ला सदस्य तर्कबहादुर केसी, खिम शाही र ओमकुमार शेरपुञ्जाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

दरबाङमा सम्पन्न मालिका गाउँपालिका कमिटिको सम्मेलनले बेगप्रसाद गर्बुजाको अध्यक्षतामा ६१ सदस्यीय कमिटि चयन गरेको छ । उपाध्यक्षमा दलमान पुन, सचिबमा सन्तनाथ सुबेदी (सन्तोष), उपसचिबमा भुपेन्द्र दर्जी र धनबहादुर बोहोरा चयन हुनुभएको छ । निर्बाचित पदाधीकारी र सदस्यहरुलाई एमालेका प्रदेश कमिटि सदस्य नवराज शर्माले सपथ ग्रहण गराउनुभएको थियो ।

यता नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार शुरु भएको अधिवेशन नेतृत्वमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे सम्मका लागि स्थगित भएको छ ।

अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

बनी नगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र लिलाराम गौतम, सचिबमा कृष्णसिंङ बानीयाँ र सुवास विश्वकर्माले दावी गर्नुभएको छ । २ जना चयन हुने उपसचिव पदका लागि लक्ष्मण कटुवाल, बिमल रिजाल, शिशिर शाही, नबिन केसी, नारायण शर्मा, रुद्र रेग्मी लगाएत ९ जना आंकाक्षी देखिएको अध्यक्ष मण्डलका संयोजक देबबहादुर घलेले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

आकांक्षीहरु विच सहमतिका लागि छलफल भइरहेकाले मनोनयन दर्ता भने नगरिएको उहाँले बताउनुभयो । नगरकमिटिको कतिपय पदहरुमा भने सहमति भइसकेको छ । अन्तिम सम्म सहमतिको प्रयास गरिने र सहमति हुन नसके लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गर्जा, अन्नपूर्ण–२ भुरुङ तातोपानी र ४ नारच्याङ बाहेकका वडामा कमिटि गठन भएको छ । अन्नपूर्ण–८ राम्चेकी देउकुमारी खोरजा एमालेको जिल्लाको एक्लो वडा कमिटि अध्यक्ष बन्नुभएको छ ।

अन्नपूर्ण–२ दोबामा कुलप्रसाद पुर्जा, ३ दानामा रमेश पुर्जा, ५ शिखमा तेसराम पुर्जा, ६ घारमा भक्तबहादुर खड्का र ७ हिस्तानमा माइलन पुन वडा कमिटि अध्यक्ष चयन हुनुभएको छ । रघुगंगाको १ देखि ८ नम्बर वडामा क्रमश नरसिंहबहादुर पुन, धु्रब सुबेदी, सुमन पौडेल, इन्द्रमान थजाली, तेजु शेरपुञ्जा, टप्रसाद शेरपुञ्जा, ओमबहादुर पुन र तेजिन फगामी मगर वडा कमिटि अध्यक्ष चयन हुनुभएको छ ।

धवलागिरीको २ देखि ७ नम्बर वडामा क्रमश ः बलबहादुर बिक, बिष्णु भण्डारी, गणेश घर्ती, धनबहादुर दर्जी, ज्ञानबहादुर गर्बुजा र कलानिधी शर्माको अध्यक्षतामा वडा कमिटि चयन भएको छ । मालिकाको १ देखि ७ नम्बर वडामा क्रमश यामबहादुर पुन, उदयबहादुर बुढाथोकी, बलबहादुर बुढा, गोबिन्द कडेल, नबिनकुमार बुढाथोकी, तारामान रोका र टुकलाल चोचाङ्गे अध्यक्षतामा वडा कमिटि चयन भएको छ ।

मंगलाको १ देखि ५ नम्बर वडाका अध्यक्षहरुमा क्रमश ः एकजित रोका, जिवन कार्की, कुलबहादुर थापा, अर्जुन रोका र कृष्ण छन्त्याल रहनुभएको छ । बेनी नगरपालिकाको १ देखि १० नम्बर वडामा क्रमश ः टेकबहादुर थापा, डिलबहादुर घिमिरे, गेमबहादुर घर्ति, गोबिन्दप्रसाद पौडेल, दिनेश कार्की, गणेश बानिया, रमेश पुर्जा, ठाकुर शर्मा, बाबुराम चोखाल र कृष्णबहादुर मल्लको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

बढीमा ३१ सदस्यीय वडा कमिटिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराएको नेताहरुले बताएका छन् । बाँकी ३ वटा वडामा पनि छिट्टै नेतृत्व चयन हुने एमाले म्याग्दीले जनाएको छ । सबै वडामा सर्बसम्मत नेतृत्व चयन भएको हो ।

वडा र पालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब, दुई उपसचिब सहित वडामा बढीमा ३१ र पालिकामा ७५ सदस्यीय कमिटि बनाउने एमालेको बिधानमा उल्लेख छ । वडा अधिवेशनबाट युवाहरुलाई नेतृत्व हस्तान्तरण भएकाले पार्टी गतिबिधी थप प्रभावकारी बन्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
२०७४ मा म्याग्दीमा एमालेका एक हजार ६०७ जना संगठित सदस्य रहेकोमा नयाँ थपिएका सहित तीन हजार १०० सदस्य पुगेको नेताहरुले बताएका छन् । बेनी नगरपालिका र मंगला गाउँपालिकामा एमालेका धेरै संगठित सदस्य छन् ।

अधिवेशनका लागि एमालेका नेताहरु गाउँ पसेपछि राजनीतिक सरगर्मी बढेको छ । स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ । अधिवेशन गर्न केन्द्रिय, प्रदेश, जिल्ला र पालिका कमिटिका नेताहरुले जिम्मेवारी बाँडफाड गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...