पुलाचौरमा भएको सामुहिक बलात्कारको अनुसन्धान र संलग्नको खोजीमा प्रहरी परिचालन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका ५ मा भएको सामुहिक बलात्कारको घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान र फरार अभियुक्तहरुको खोजीलाई तिब्रता दिएको जनाएको छ ।

कात्तिक २ गते (मंगलबार) राती भएको घटनाका पिडितले चार दिनपछि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । सुतिरहेको अवस्थामा झ्यालबाट छिरेर तिन जनाले डरधम्की देखाएर बलात्कार गरेको पिडितको जाहेरीमा उल्लेख छ ।

Bhautik ministry notice about road

जाहेरीका आधारमा पिडितको स्वास्थ्य परिक्षण गरि अदालतमा मुद्दा दर्ताका साथै घटनास्थलमा पुगेर अनुसन्धान थालिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बताउनुभयो । “पिडितको जाहेरी आउने बित्तिकै अनुसन्धान प्रक्रिया सँगै अघि बढाएको छौ,” उहाँले भन्नुभयो “संलग्नहरुको खोजीमा प्रहरी परिचालन भएको छ ।”

Shreekrishna hardwear in news

घटनालाई संबेदनशिल र गम्भिर रुपमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै प्रनाउ राइले अपराधीलाई उम्कन नदिने र पिडितलाई न्याय दिलाएरै छाडिने बिश्वास दिलाउनुभयो । अनुसन्धान प्रभावित हुने भएकाले सामुहिक बलात्कारमा संलग्नको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

पिडित र प्रत्यक्षदर्शीको सुरक्षातर्पm पनि प्रहरी सचेत तथा संवेदनशिल रहेको प्रनाउ राइले बताउनुभयो । पिडितलाई दबाव र आर्थिक प्रलोभनमा पारेर कानुनी र अनुसन्धानलाई प्रभावित बनाउन तथा बिषयान्तर गराउन खोजीएको भन्दै अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् । पीडकले आर्थिक प्रलोभनमा पारेर जाहेरी फिर्ता गराउन दवाब दिएको पिडितका आफन्तले गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...