लमसुङ पहिरोको जोखिममा

Gandaki Kotihome

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले बिद्युतगृह बगाएपछि पुरै वडा डेढ महिनादेखि अन्धकारमा छ ।

दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार बिस्थापित भएका छन् । लमसुङमा रहेको स्वास्थ्य चौकी समेत पहिरोको जोखिममा परेको स्थानीयबासी भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो ।

“केही दिनअघिको बर्षातका कारण दरखोलामा आएको बाढीले कटान गरेर घर नजिकै पहिरो पुगेपछि चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ,” उहाँले भन्नुभयो “सुबिधा सम्पन्न पक्की भवन भएको स्वास्थ्य चौकी समेत जोखिममा परेको छ ।”

Upper Myagdi transmition line notice

भबहादुर पाइजा, ज्ञानबहादुर पाईजा, दलबहादुर राना र पलु पुनको घरपरिवार बिस्थापित भएका हुन् । लमसुङ बस्तीको माथितर्फ बि.स. २०७४ मा गएको जुगेपानीको पहिरो रोकिएपनि तलबाट नयाँ पहिरो सिर्जना भएपछि स्थानीयबासी चिन्तित भएका छन् ।

तत्काल पहिरो नियन्त्रणको काम नगरे वडा कार्यालय समेत रहेको करिब ८० घरधुरीको बसोबास रहेको लमसुङ गाउँमा थप जोखिम बढ्ने स्थानीयबासीले बताएका छन् । जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा ब्यवस्थापन गरिएको र थप क्षति हुन नदिन पहिरो नियन्त्रण योजनाका लागि पहल गरेको वडाका जनप्रतिनिधिले बताएका छन् ।

Annapurna aarohan ko notice

यसैगरी गत भदौ २१ गते बाढीले दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको बिद्युतगृह बगाएपछि धवलागिरी गाउँपालिकाको वडा नम्बर २ का ३६५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य छन् ।

४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र खबाङको बिद्युतगृह बाढीले बगाएपछि अन्धकार भएको हो । परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा बिद्युत आपुर्ति बन्द भएको छ ।

घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएको छ । उज्यालोका लागि टुकी र सोलारमा भर पर्नुपर्ने अवस्था आएको छ । बि.स. २०७६ कात्तिकमा रु. एक करोड ५२ लाखको लागतमा परियोजना निर्माण भएको थियो ।

यसअघि बि.स. २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...