अमर छन्त्यालको नेतृत्वमा मोनाको नयाँ कार्यसमिति चयन

Gandaki Kotihome

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको अध्यक्षमा अमर छन्त्याल चयन हुनुभएको छ ।

बेनीमा बिहिबार सम्पन्न चौथो अधिबेशनबाट धवलागिरी गाउँपालिका–१ गुर्जामा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका छन्त्यालको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

अध्यक्षका आकाक्षी नेदरल्याडका मिम पुर्जा र कतारका बिक्रम कार्कीले उमेद्वारी फिर्ता लिएपछि छन्त्याल निर्बिरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्बाचित छन्त्याल यसअघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।

Upper Myagdi transmition line notice

बरिष्ठ उपाध्यक्षमा डढीवल खड्का (जापान), उपाध्यक्षमा सुर्य भट्टचन (पोर्चुगल), जंगबहादुर पुन (युके), नन्द गर्बुजा (युएई), महिला उपाध्यक्षमा पुर्णिमा पाइजा आशा (हङकङ) र महासचिबमा हरि राम्जाली (अस्ट्रेलीया) चयन हुनुभएको निर्वाचन समितिका संयोजक सुवासकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सचिबमा सुनेश केसी (दक्षिण कोरीया), बिष्णुप्रसाद बरुवाल (सुबोध साउदी अरब), प्रवत्तामा हिक्मत श्रेष्ठ (अस्ट्रेलीया), कोषाध्यक्षमा महेन्द्र खड्का (जापान), सहकोषाध्यक्षमा भक्त रोका (युके), महिला संयोजकमा अनुषा थापा (स्पेन) चयन हुनुभएको निर्वाचन समितिका सदस्य राजेश शाक्यले बताउनुभयो ।

Annapurna aarohan ko notice

मध्यपुर्व संयोजकमा साउदी अरबका तिलक पुन, अमेरिका संयोजकमा अमर भण्डारी, एसियामा दिपक कार्की संयोजक चयन हुनुभएको छ । महिला उपसंयोजकमा बिष्णु बानिया (जापान), मध्यपुर्व उपसंयोजकमा दिपक छन्त्याल, अमेरिका उपसंयोजकमा भिम रेग्मी र एशिया उपसंयोजकमा प्रेम पुन (जापान) चयन हुनुभएको छ ।

मोना कतारका प्रतिनिधीहरुले भने निर्बाचन मण्डलले मतदानबाट नेतृत्व चयन प्रक्रिया अघि बढाउन बेवास्ता गरेको र खाडी मुलुकलाई नेतृत्वबाट बञ्चित गराउन खोजिएको आरोप लगाउदै महाधिवेशन हलबाट बाहिरिएका छन् ।

मोना कतारका प्रतिनिधी तिलु शर्माले मतदानबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक ब्यवस्थालाई लत्याएर खाडी मुलुकलाई हेप्ने ब्यवहार भएकाले अध्यक्षका प्रत्यासी बिक्रम कार्की र सचिबका उमेद्वार रमेश पौडेलले उमेद्वारी फिर्ता लिएर बाहिरिएको बताउनुभयो ।

रोजगार, ब्यापार, ब्यवासाय, अध्ययनको शिलशिलामा बिदेशिएका म्याग्देलीहरु आवद्ध मोनाको अधिवेशन मंगलबारदेखि बेनीमा शुरु भएको थियो । २८ देशमा बिस्तार भएको मोनाका २६१ जना प्रतिनिधीहरुले भौतिक र भर्चुअल माध्यमबाट महाधिवेशनमा सहभागिता जनाएका थिए ।

प्रवासी म्याग्देलीहरुले मोना मार्फत बिपद् ब्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य, पर्यटन पुर्बाधारको क्षेत्रमा सहयोग तथा जलबिद्युत आयोजनामा निजी लगानी भित्र्याएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधीकारी र सदस्यहरुलाई निवर्तमान अध्यक्ष ओमनारायण जुग्जाली, पुर्ब अध्यक्ष चक्र थापा, निर्बतमान बरिष्ठ उपाध्यक्ष मिम पुर्जा, निर्बाचन मण्डलका संयोजक सुवास श्रेष्ठ लगायतले प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...