बेनी–जोमसोम सडकको बिजोग अवस्थाले म्याग्दीको बदनामी

Gandaki Pardesh notice

बेनी, परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो ।

सामान्य अवस्थामा ७६ किलोमिटर दुरीको यो सडक पार गर्न चार देखि पाँच घण्टा लाग्दथ्यो । मंगलबार बिहान जोमसोम देखि हिडेका अधिकारीको टोली बुधबार राती बेनी आएको थियो । ‘मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पिडा र सास्तीले बिर्सायो,’ उनले भने ‘लगातारको बर्षात र जिर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो ।’

पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारौ यात्रुले दैनिकजसो सास्ती पाएका छन् । साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवत जावत हुन सक्दैनन् । मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोखे ।

Shreekrishna hardwear in news

‘जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवत जावतको ब्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको बिगोज भएको छ,’ ललितपुरका दिपक बिष्टले भने ‘फसेको गाडी तान्न एक हजार रुपैयाँ तिर्नुप¥यो । होटल ब्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन् ।’

दशै लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।

Bhautik ministry notice about road

दशै लगत्तै मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो । ‘दसैंको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो,’ पोखराका तिलक पौडेलले भने ‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ ।’

‘मनसुन सफा नभई मुस्ताङ आउने हतारो नगरौं,’ बिराटनगरका हरि शर्माले भने ‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ ।’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउँदा सवारी साधन वात जावत गर्न सक्दैनन् ।

एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बताए । सीमित प्रहरी र स्थानीयले मात्र जाम खुलाउन समस्या भएको उनले बताए ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ वटा प्याकेज बनाई नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ४९ करोड रुपैयाँको लागतमा सडक विस्तारको काम गरिरहेको छ । बि.स. २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको बर्षात, प्रतिकुल भूगोल र सवारी साधनको अत्याधिक चापले समस्या भएको जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...