मोना कतारको वक्तृत्वकला प्रतियोगिताको उपाधी प्रज्वललाई

Gandaki Ghumau

बेनी, कतारमा रहेका म्याग्देलीहरुको साझा सामाजिक संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० कतारले जिल्लामा सञ्चालन गरी रहेको अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बेनीमा रहेको वोस्ट पोईन्ट आवासिय माविले जितेको छ । माविका तर्फबाट सहभागी प्रज्वल मल्लले सर्वाधिक अंक ल्याउदै प्रतियोगीताको बिजेता बनेका हुन ।

ूशैक्षिक स्तर वृद्धिका लागी स्थानीय तहको भूमिका के हुन सक्छ रु शिक्षालाई समयसापेक्ष बनाउन सरकारले गर्नु पर्ने न्यूनतम कार्य के हुन् सक्छन् रु साथै परम्परागत शिक्षाको विकल्प के हुन सक्छ रु” शीर्षकमा अन्तिम प्रतिष्पर्धा भएको थियो । मोनाको चौथो महाधिबेशनको अवसरमा आज बेनीमा प्रतियोगीताको बिजयी धोषणा गरीएको हो ।
बिजयी मल्ललाई संघले नगद २० हजार र प्रमाण पत्रले पुरस्कृत गरेको छ ।

Gunasthariya Shiksya

त्यस्तै दित्तिय स्थानमा बेनी सामुदायिक स्कुल कि सुमित्रा पौडेल रेहकी छिन, उनलाई नगद १५ हजार सहित प्रमाण पत्रले सम्मान गरेको छ । तृतिय स्थानमा वोस्ट पोईन्टकै शिल्पीका जिसी ले हासिल गरीन उनले पुरुस्कार स्वरुप नगद १० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन भने सान्तवना पुरुस्कार प्रकाश मावि कि सिर्जना कटुवाल र जमुना खर्क माविकी विनीता सुबेदीले प्राप्त गरीन । कटुवाल र सुवेदी जनही ५ हजार सहित प्रमाण पत्रले सम्मान गरीएको थियो ।

Shreekrishna

साथै संघले निर्णायक मन्डल र संचारकर्मीहरुलाई समेत सम्मान गरेको छ । पुरुस्कार तथा सम्मान माननिय भुपेन्द्र बहादुर थापाको समुपस्थितीमा मोना आईइसिका अध्यक्ष ओम जुग्जालीको प्रमुख आतिथ्यता तथा संघ कतारका अध्यक्ष नरेन्द्र फगामीको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई महासचिव अजय कुवरले सहजिकरण गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...