बिदेशको सिप र पुजी जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासीलाई सुझाव

Gandaki Kotihome

बेनी । बिदेशमा आर्जेको सिप र पुजीलाई जन्मथलोको सम्बृद्धीमा परिचालन गर्न प्रवासी म्याग्दीहरुलाई जिल्लाका सरोकारवालाहरुले सुझाएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबार बेनीमा शुरु भएको चौथो महाधिवेशनको उद्घाटन समारोहमा जनप्रतिनिधी, सरकारी अधिकारी र अगुवाहरुले स्वदेशमा रोजगारी सिर्जनामा लगानी गर्ने प्रवासीहरुलाई स्वागत र सघाउने प्रतिवद्धता जनाएका छन् ।

मोना मार्फत बिपद् ब्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र र समस्यामा परेका प्रवासीलाई सघाउन भएका गतिबिधीको प्रशंसा गर्दै उत्पादनमुलक क्षेत्रमा संस्थागत लगानी भित्र्याउन आग्रह गरेका हुन् । प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रवासीहरुलाई घरजग्गाको अनुत्पादक क्षेत्रमा लगानी घटाएर ज्ञान, सिप र पुजिलाई जिल्लाको सम्बृद्धीमा जोड्न आग्रह गर्नुभयो ।

Upper Myagdi transmition line notice

“पर्यटकीय क्षेत्रमा होटल, जलबिद्युत आयोजना, फलफुल, जडिवुटीखेती र पशुपालनमा लगानी गरेर स्वदेशमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन आवश्यक छ,” उहाँले भन्नुभयो “यसबाट तपाइहरुको पुजिपनी बढ्छ, जिल्लामा गरिबी निवारण, उत्पादन बृद्धी र आयात प्रतिस्थापन भएर सृम्बृद्धीको अभियानमा सहयोग पुग्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले लगानीका लागि सम्भावना पहिचान र सहजिकरणमा सघाउन तयार भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले प्रवासी म्याग्देलीहरुको प्रोफाइल तयार पार्न मोनालाई आग्रह गर्नुभयो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, मोनाका संरक्षक प्रकाश पुन, सुवासकुमार श्रेष्ठ, पुर्व अध्यक्ष चक्र थापा, योगेन्द्र क्षेत्री, प्रमुख सल्लाहकार बिनोद कुँवर, मोना कतारका अध्यक्ष नरेन्द्र फगामी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले पछिल्लो दुई वर्षयता पहिरो पिडितको ४० वटा घर पुननिर्माण, साउदीको जेलमा रहेका दिच्यामका राजकुमार निउरेको घरफिर्ता, बेनी अस्पताल लगायत स्वास्थ्य संस्थामा २२ थान अक्सिजन कन्सन्टे«टर सहयोग, पहिरो पिडितलाई १५०÷१५० थाना पाल र कम्बल बितरण, कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउने गतिबिधी भएको बताउनुभयो ।

Annapurna aarohan ko notice

मोनाका महासचिब बिक्रम कार्कीले २८ देशमा सञ्जाल बिस्तार भएको मोनाले प्रवासमा समस्यामा परेका म्याग्देलीलाई सघाउन आपतकालिन राहत कोष स्थापना गरिएको बताउनुभयो । बरिष्ठ उपाध्यक्ष मिम पुर्जाले जिल्लाको बिकास र रोजगारीका लागि लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीको अवधारणा अघि सारिएको बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन भौतिक उपस्थिति र भर्चुअल दुबै माध्यमबाट सञ्चालन गरिएको हो । २० देशका २६१ जना प्रतिनिधीहरुले सहभागिता जनाएको अधिवेशनले आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व समेत चयन गर्नेछ् ।

अधिवेशनको अवसरमा बेनीमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाकी सहितको ¥यालीले बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

उद्घाटन शत्र सकिएपछि हुने बन्दसत्रमा प्रगति, सांगठिनिक र आर्थिक प्रतिवेदनमाथी छलफल हुने कार्यतालिका छ । प्रतिवेदनको बिषयमा छलफल गरेर पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।

महाधिवेशनमा कलाकार कुमार पुन र नेशन पुनको प्रस्तुति रहेको थियो । मोनाको आगामी कार्यकालको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिब बिक्रम कार्कीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

पेशा, ब्यवसाय, अध्ययन र ब्यापारको शिलशिलामा बिश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोनाले म्याग्दीको सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउदै आएका छन् । लगानी भित्र्याएर रोजगारी सिर्जनामा केन्द्रित हुने कार्यक्रम अघि बढाउने अध्यक्ष जुग्जालीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...