मोनाको महाधिवेशनको तयारी पुरा

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा शुरु हुने चौथो महाधिवेशनको तयारी पुरा भएको छ ।

मोनाको बेनी स्थित कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर जिल्ला समन्वय समितिको सभाहलमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको तयारी पुरा भएको जानकारी गराएका हुन् ।

कोरोनाको जोखिमका कारण जनस्वास्थ्य मापदण्डलाई पालना गर्दै विभिन्न २० देशमा रहेका राष्ट्रिय समितिबाट २६१ जनाको भौतिक तथा भर्चुअल माध्यमबाट महाधिवेशनमा सहभागिता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

महाधिवेशनका लागि स्टेज निर्माण, प्रचारप्रसार, निमन्त्रण लगायतको तयारी पुरा भएको छ । उद्घाटनपुर्व बेनीमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको झाँकी सहितको ¥याली गरिने मोनाका महासचिब बिक्रम कार्कीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुहुने महाधिवेशनमा कलाकार कुमार पुन र नेशन पुनको प्रस्तुति रहेनछ । महाधिवेशनमा मोनाको बर्तमान कार्यसमितिको प्रगति, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजनाका बिषयमा छलफलका साथै दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

मोनाको आगामी कार्यकालको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिब बिक्रम कार्कीले उमेद्वारी दर्ता गर्नुभएको छ । मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले आफ्नो नेतृत्वको कार्यकालमा कोरोना महामारी नियन्त्रणमा जिल्लामा स्वास्थ्य सामग्री सहयोग, पहिरो पिडितको ४० वटा घर निर्माण र प्रवासमा समस्यामा परेका म्याग्देलीहरुको उद्धारमा केन्द्रित भएको बताउनुभयो ।

पेशा, ब्यवसाय, अध्ययन र ब्यापारको शिलशिलामा बिश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोनाले म्याग्दीको सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउदै आएका छन् । लगानी भित्र्याएर रोजगारी सिर्जनामा केन्द्रित हुने कार्यक्रम अघि बढाउने अध्यक्ष जुग्जालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...