मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको लर्को

Gandaki Kotihome

बेनी । केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीय स्थल घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका हुन् ।

म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले दशै लगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ भएका जानकारी दिनुभयो । “देशका बिभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन,” उहाँले भन्नुभयो “दुई वर्षपछि यति धेरै संख्यामा पाहुना आएका हुन् ।”

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिंगा तातोपानीका होटलहरु पाहुनाले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको ब्यवसायीले बताएका छन् ।

Upper Myagdi transmition line notice

बडादशैको टिकाको भोलिपल्टदेखि काठमाडौ, पोखरा, चितवन, बिराटनगर, रुपन्देही लगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको बताउनुभयो ।

Annapurna aarohan ko notice

पछिल्लो दुई दिनयता दैनिक पाँच सय बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवत जावत गरिरहेका उहाँले बताउनुभयो । यसअघि दैनिक एक सय देखि डेढ सय सवारी साधन आवत जावत गर्दथे ।

पर्यटकीय याम, अनुकुल मौसम, चाडपर्वको बिदा भएकाले बिद्यार्थी, ब्यापारी, कर्मचारी लगायत बिभिन्न पेशा ब्यवसाय गर्नेहरु मुस्ताङ घुम्न आएका हुन् । आइतबार रातीदेखि भएको बर्षातले भने पर्यटकलाई प्रभाबित बनाएको छ ।

करिब दुई बर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुरेष्ट ब्यवसायीले राहतको महशुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाहरुले स्थानीयबासीलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाएका थिए ।

भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवार सहित आउनुभएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले “रिफ्रेस” बनाएको प्रतिक्रिया दिनुभयो । गत भदौ २३ गतेदेखि मुस्ताङ र यही असोज १ गतेदेखि म्याग्दीका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइएको थियो ।

मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी–जोमसोम सडकमा जाम हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक भासिदाँ साघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवत जावत प्रभावित हुने गरेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवत जावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...