एकिकृत समाजवादीको शुभकामना आदानप्रदान

Gandaki Kotihome

बेनी । नेकपा एकीकृत समाजवादी पार्टी म्याग्दीले सोमबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

विजया दशमी, दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको हो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा माओवादी केन्द्रका प्रदेश सदस्य विनोद केसीले बिद्रोहीहरु जहिले पनि अग्रमोर्चामा रहने बताउनुभयो । विद्रोहकै कारण नेपालमा आमूल परिवर्तन भएको स्मरण गर्दै आफ्नो क्रान्तिकारी धारलाई बचाईराख्न सुझाव दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य टेकबहादुर बिकले ओलिको दम्भकै कारण दुई तिहाईको सरकार विपक्षीको हातमा पुगेको बताउनुभयो । नेपाली काग्रेस म्याग्दीका सह सचिव भरत रखालले एकीकृत समाजवादीमा युवाहरु अग्रपङ्तिमा रहेकाले सत्य र तथ्यको मात्र विश्वास गरी सकारात्मक सोचले अगाडि बढ्न सके एकीकृत समाजवादीको भविष्य रहेको बताउनुभयो ।

एकीकृत समाजवादी पर्वतका जिल्ला सदस्य चन्द्रबहादुर लामिछानेले आफू एकीकृत समाजवादीको निडर योद्धा रहेकाले जुनसुकै अवस्थामा पनि सामजवादीको साथ नछोड्ने र सबै समुदायलाई यस पार्टीमा गोलबद्द हुन आह्वान गर्नुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एकीकृत गण्डकी प्रदेश सदस्य देउप्रसाद छन्त्याल, बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइली, बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँ, माओवादी केन्द्र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष हरि भण्डारी, उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, पत्रकार महाससंघ म्याग्दीका कोषाध्यक्ष अमित विश्वकर्मा लगायतले दसैं, तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेकपा एकीकृत समाजवादीले जिल्लामा सार्वजनिक रुपमा पहिलोपटक संचालन गरेको हो । एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सचिव रुद्र किसानले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...