तातोपानीमा सुबिधा सम्पन्न होटल

Gandaki Pardesh notice

तातोपानी, । नेपाल उद्योग बाणिज्य महासंघको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्बाचित भएका बेनीका ब्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुबिधायुक्त होटलमा राख्न नपाएकोमा सबै गुनासो सुन्नुपर्दथ्योे ।
बिशेष गरेर सिंगा तातोपानी स्नान गरेर उपचारका लागि आउनेहरुले सुबिधा सम्पन्न होटलमा बसोबासको ब्यवस्था मिलाइदिन आग्रह गर्दा श्रेष्ठलाई लाज महशुस हुन्थ्यो । बि.स. २०७५ मंसिरमा बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचार स्थल तातोपानीमा श्रेष्ठले निर्माण शुरु गरेको होटल हटस्पिरिङ सञ्चालनको तयारी अवस्थामा आएको छ ।
“म्याग्दीमा आउने भिआइपी र स्तरीय सुबिधा चाहने पाहुनाहरुलाई लक्षित गरेर होटलमा हात हालेको हो,” श्रेष्ठले भन्नुभयो “पोखरा पछि धवलागिरी क्षेत्रमा पहिलो पटक तारे स्तरको होटल सञ्चालन गर्ने लक्ष्य पुरा गर्ने तयारीमा जुटेको छु ।”
करिब रु. १५ करोड लागतमा साढे दुई रोपनी क्षेत्रफलमा होटलको भवन लगायतका पुर्बाधार निर्माण सकिएको छ । कोठा र भान्छाकोठा ब्यवस्थापन तथा आवश्यक सामग्री जुटाएर आगामी मंसिर महिनादेखि होटल सञ्चालन गर्ने तयारी गरेको श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road


करिब ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । पूर्वाधार र सेवासुविधाका हिसाबले होटल जिल्लाकै पहिलो भएको सञ्चालकको दावी छ । होटल सञ्चालनमा आएपछि तोतोपानी कुण्डमा आउने पर्यटकलाई होटलको अभाव नहुँने विश्वास गरिएको छ ।
“लगानी गर्ने अन्य प्रशस्त ठाउँहरु पनि थिए,” श्रेष्ठले भन्नुभयो “तातोपानीमा आउने भिआइपी तथा विरामीहरुका लागि विगतमा सुविधा सम्पन्न होटलको अभाव महशुष भएकाले त्यसलाई पुर्ती गर्ने उद्देश्यले यसै क्षेत्रलाई रोजेको हुँ ।’ होटल सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पर्यटकीय चार तारे स्तरको बनाउन लागिएको यस होटलमा चार प्रकारका कोठाहरु छन् । स्टाण्डर ,डिलक्स, सेमिसुइट र सुइट रुमहरु गरी ३६ वटा कोठाहरु छन् । प्रत्येक कोठाबाट यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गर्न मिल्ने गरि बनाइएको होटलका प्रवन्धक कृष्णराज सुवेदीले भन्नुभयो । भूमिगत पार्किङ सुबिधा भएको होटलमा दुई सय जना अट्ने सभाहल पनि छ ।
पाहुनालाई पोखरा र बेनीमा नपाउने खानाका परिकारहरु यहाँ पाउन सकिने प्रबन्धक सुवेदीले बताउनुभयो । स्थानीय खाना, खाजाका परिकारलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । होटलको छतमा हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड सुविधा भएको होटल नेपालमै पहिलो भएको श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...