प्रशासकीय अधिकृतमाथी भएको आक्रमणको बेनी नगरप्रमुखबाट निन्दा

Gandaki Kotihome

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी आइतबार भएको आक्रमणको घटनाप्रति नगरप्रमुख हरिकुमार श्रेष्ठले भत्र्सना गर्नुभएको छ ।

नगरप्रमुख श्रेष्ठले साँझ एक बिज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सनाको साथै फरार भएका संलग्नहरुको तत्काल पहिचान र पक्राउ गरि कारबाहीको माग गर्नुभएको छ ।

“केही समय अगाडी देखि नगरपालिकालाई पनि चन्दा माग्दै आएको बेनी नगरपालिकाको बिभिन्न बैठक र छलफलहरुमा प्रमुख प्रशासकीय अधिकृतले बताउदै आउनुभएको थियो,” बिज्ञप्तिमा भनिएको छ “नगरपालिकाले अबैधानिक ढंगले चन्दा दिन नसकिने भन्दै प्रमुख प्रशासकीय अधिकृतले निरन्तर प्रतिबाद गरेका कारण यस घटना नियोजित ढंगले घटाइएको भन्ने हाम्रो बुझाई छ ।”

Shreekrishna hardwear in news

ब्यक्ति केन्द्रित धरपकड र चन्दा आतंकले सुरक्षा चुनौती बढाएको र घटनामा संलग्न भई फरार तीन जनालाई अबिलम्ब पहिचान तथा पक्राउ गरि कानुन अनुसारको कारबाहीको माग गर्नुभएको छ ।

Notice about ban dadalo

दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए । दुरब्यवहारमा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

घटनास्थलमा चन्द् नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । “एक थान मोवाइल सेट, घडी समेत बरामद भएको छ,” उहाँले भन्नुभयो “घटनाको बारेमा थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ ।”

प्रशासकीय अधिकृत सुबेदीलाई दुरब्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै हुनुहुन्थ्यो । प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनिहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएका थिए ।

छ्यापेको कालो तरल पदार्थ टेबुल र कार्यकक्ष पछाडीको भाग दुषित भएको छ । सो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुबेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुरब्यवहार भएको प्रतिक्रिया दिनुभयो ।

“उहाँहरुले मलाई चन्दा माग्नुभएको थियो, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर कुनै दललाई चन्दा दिन नमिल्ने बताए,” सुबेदीले भन्नुभयो “कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे ।”

यस बिषयमा नेकपाका जिल्ला सेक्रेटरी शुशिला बिकले सो घटनामा आफनो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताउनुभयो । ‘‘उनको बिषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्ट्राचारको गुनासो आएको थियो,’’ उहाँले भन्नुभयो ‘‘आजको घटनामा हाम्रो संलग्नता छैन् ।’’

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...