पश्चिम नेपालको एकिकरण सहितको साधारणसभा

Gandaki Ghumau

बेनी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधारणसभा तथा एकिकरणसभा शुक्रबार मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको छ ।

दरबाङमा मुख्य, ताकम, बाबियाचौर, सिंगा तातोपानी, बेनी, भगवती, पोखरेबगरमा सेवा केन्द्र रहेको संस्थाले पर्वतको जलजला गाउँपालिका–३ मा रहेको नवकालीगण्डकी बचत तथा ऋण सहकारी संस्थालाई एकिकरण गरेर त्यहाँ पनि सेवा केन्द्र बिस्तार गरेको छ ।

Gunasthariya Shiksya

रु. दश करोड ४० लाख शेयर पुँजी, चार हजार तीन सय जना शेयर सदस्य र ८ वटा सेवा केन्द्र रहेको सहकारीले गण्डकी प्रदेशमा बिस्तार गर्ने लक्ष्य राखेको छ । साधारणसभाको अवसरमा तीन जना उत्कृष्ट कर्मचारी, १४ जना सदस्यलाई सम्मान गरिएको थियो ।

Shreekrishna

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, मालिका गाउँ कार्यपालिकाको सहकारी बिभागका प्रमुख सन्तनाथ सुबेदीको प्रमुख आतिथ्यता र सचिब हरिप्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...