कार्यकर्तालाई जनतामाझ जान मन्त्री कडेलको आग्रह

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेसका नेता तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कडेलले जनतामाझ जान नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा बिहिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कडेलले आगामी स्थानीय चुनाव लक्षित गरेर विभिन्न कार्यक्रम लिएर जनतामांझ जान सुझाउनुभयो ।

“विजयदशमी, शुभदिपावली र छठ पर्व शान्ति, भातृत्व र एकताको प्रतिकका रुमा लिनुपर्छ,” उहाँले भन्नुभयो “पार्टीलाई बलियो बनाउन नेताहरुले जनतासंग भाईचाराको सम्बन्ध बनाउनुपर्छ ।”

Shreekrishna
Gunasthariya Shiksya

उहाँ गण्डकी प्रदेश सरकार जनताहरुको समस्यामा केन्द्रित भएको बताउदै समन्वयको भुमिकामा म्याग्दी कांग्रेस रहिरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सभापति खमविर गर्वुजा, पुर्व उपसभापति नेत्र महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति माधवप्रसाद रेग्मी लगायतका नेताहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बेनी नगर सभापति रबिन्द्र कार्की (रबी)ले नगरपालिकामा पाटीलाई बलियो बनाउन सबै तहका नेता तथा कार्यकतामा सहकार्य गरेर अघि बढ्न आब्वहान गर्नुभयो । नगर सचिव झलक जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...