तलब उपलब्ध गराउने सहमतिपछि बेनी अस्पतालको सेवा नियमित

Gandaki Pardesh notice

बेनी । तलब उपलब्ध गराउने सहमती भएपछि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बिहिबारदेखि नियमित काममा फर्कने भएका छन् ।

अस्पताल ब्यवस्थापन समिति र प्रशासनसँगको वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलन फिर्ता गरेका हुन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै दिनभर धर्ना दिएका थिए ।

Bhautik ministry notice about road

अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल प्रशासन र आन्दोलनरत स्वास्थ्यकर्मीहरुका विच तलब भुक्तानीका सम्बन्धमा सहमति जुटेपछि उनीहरु सेवामा फर्किएको अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news

समितिका अध्यक्ष कटुवालले लेखापालको समस्याका कारण तलव उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाले अस्पतालको छुट्टै लेखापालको ब्यबस्था नगरिदिएको र अन्य कार्यलयमा कार्यरत लेखापाल भएको कारण समयमै तलब भुक्तानीमा समस्या भएको उनले जानकारी गराउनुभयो ।

ब्ेनी अस्पतालमा दिनभर बहिरंग कक्ष, ल्याव, आँखा उपचार, लगायतका कक्षको सेवा ठप्प भएको थियो । आकस्मिक र अध्यक्षको कार्यकक्ष अगाडी स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीहरुले धर्ना बसेका थिए । टाढा टाढाबाट सेवा लिन आएका सर्बसाधारणहरु मर्कामा परेका छन् । बेनी अस्पतालले हाल ६४ शैया बराबरको सुविधा दिइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...