जलजलाका बिद्यालयलाई ल्यापटप र प्रिन्टर बितरण

Gandaki Pardesh notice

बेनी । पठनपाठन, प्रशासनिक र शैक्षिक क्रियाकलापलाई प्रबिधीमैत्री बनाउन पर्वतको जलजला गाउँपालिकाले सबै बिद्यालयलाई ल्यापटप र प्रिन्टर बितरण गरेको छ ।

लामाखेतमा आइतबार भएको कार्यक्रममा गाउँपालिकामा रहेका ४४ वटा बिद्यालयलाई सूचना प्रबिधीका सामग्री बितरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्री, सामाजिक बिकास समितिका संयोजक गोबिन्द खत्री र नाग्लीबांगका वडा अध्यक्ष हरिबिकास जिसी ले सामग्री बितरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

आठ वटा माबिलाई दुई÷दुई वटा, ३६ वटा आधारभूत बिद्यालयलाई एक÷एक वटा गरि रु. ३६ लाख ४० हजार मूल्य बराबरको ५२ थान ल्यापटपको साथै सबै बिद्यालयलाई रु. १३ लाख ६४ हजार मूल्य बराबरको फोटोकपी र स्क्यान सुबिधा भएको एक÷एक थान प्रिन्टर उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

Shreekrishna hardwear in news

सबै बिद्यालयमा संघीय सरकारले इन्टरनेटका लागि बार्षिक रु. १२ हजारका अनुदान दिने गरेको छ । यसअघि गत असारमा १–५ तहको पठनपाठन हुने २३ वटा आधारभूत बिद्यालयलाई
एक÷एक वटाका दरले ल्यापटप बितरण गरेको थियो ।

बिद्यालयको प्रशासनिक कार्यलाई सहज र प्रबिधीमैत्री बनाउन तथा सिकाई क्रियाकलापमा प्रबिधीको प्रयोगका लागि पालिकाको स्रोतबाट बजेट ब्यवस्थापन गरेर ल्यापटप र प्रिन्टर उपलब्ध गराएको सामाजिक बिकास समितिका संयोजक गोबिन्द खत्रीले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कम्प्युटर र सूचना प्रबिधीको प्रयोग सम्बन्धी शिक्षकहरुलाई क्षमता बिकास तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...