जामुनाखर्कमा परियोजनामा आधारित शिक्षण बिधी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक बिद्यालयले परियोजनामा आधारित शिक्षण बिधी अपनाएको छ ।

पाठ्यक्रममा भएका बिषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा बिद्यार्थीलाई सिकाउने बिधी अपनाएको हो । प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले अन्तराष्ट्रिय स्तरमा नमुना मानिएका बिद्यालयहरुसँग सहकार्य गरेर पठनपाठन गराउन थालिएको बताउनुभयो ।

“बिद्यार्थीमा सिकाई उपलब्धि बढाउन शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सीलको इन्टरनेशनल स्कुल अवार्ड कार्यक्रम मार्फत गत शैक्षिक सत्रदेखि शुरु भएको परियोजनामा आधारित शिक्षण बिधि प्रभावकारी बनेको छ,” उहाँले भन्नुभयो “पाठ्यक्रममा भएका बिषय बस्तुलाई ब्यवहारिक र प्रयोगात्मक रुपमा सिकाउन परियोजनामा सहभागि गराउछौ ।”

Shreekrishna hardwear in news

पाकिस्तानको जिएसएस थेसिल डिस्ट्रिक्ट टोबटेक सिंह बिद्यालयसँग कक्षा ९ का बिद्यार्थीले सामाजिक बिषयको राष्ट्रिय ब्यक्तित्व र बिभूतिहरु भन्ने पाठमा, भारतको एम.जी पब्लिक स्कुलसँग कक्षा ८ का बिद्यार्थीले पानीको मुहान र स्रोत संरक्षण सम्बन्धी बिषयमा सहकार्य गरेर पढेका थिए ।

कक्षा १० का बिद्यार्थीहरुले पाकिस्तानको एमसी ब्याइज सेन्टरल मोडल बिद्यालयसँग आफ्नो भूगोलको नक्सा तयार पारेर आदानप्रदान गरेका थिए । पाकिस्तान र भारतको बिद्यालयको कक्षा कोठामा भर्चुअल माध्यमबाट सिकाई आदानप्रदान गरेका हुन् ।

कक्षा ६ र ७ का बिद्यार्थीहरुले बिहिबार बेनीको माउन्टर एभरेष्ट आवासीय माबिको समान कक्षाका बिद्यार्थीसँग साझेदारी गरेर धार्मिक स्थल महारानी थानमा पुगी धार्मिक तथा सांस्कृतिक सम्पदा र तीनको संरक्षण भन्ने पाठ अध्ययन गरेका छन् ।

कक्षा ४ र ५ का बिद्यार्थीहरुले गुन्द्रि बुन्ने, कक्षा १ र २ले ब्यक्तिगत सरसफाई, कक्षा ३ ले शारिरिक अभ्यास सम्बन्धी बिषयमा बिद्यालयभित्रै प्रयोगात्मक कक्षामा सहभागी भएका बिद्यालयका परियोजना शिक्षक मदन सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

“प्रस्ताव गरे अनुसार परियोजना कार्यान्वयन भए, नभएको र त्यसको प्रभावकारिताको बिषयमा प्रतिवेदन, प्रमाणित गर्ने दृष्य र तस्बिर तथा स्थलगत मूल्याङ्कनको आधारमा तोकिएको मापदण्ड पुरा गरेमा तीन वर्षका लागि अन्तराष्ट्रिय स्तरको मान्यता पाइन्छ,” उहाँले भन्नुभयो “हाम्रो स्कुल प्रस्ताब गरेका सबै परियोजना कार्यान्वयन गरेर प्रतिवेदन तयारीमा छ ।”

नेपालमा सन २०१३ यता २५० वटा बिद्यालयले इन्टरनेशनल स्कुल अवार्ड पाएका छन् । जामुनाखर्कमा बि.स. २०७७ बैशाखदेखि शुरु भएको कार्यक्रमको गत चैतमा भएको मध्यावधी मूल्याङ्कनमा सकारात्मक प्रतिवेदन आएको थियो ।

एक वर्षको परियोजना कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण पठनपाठन बन्द हुँदा करिब छ महिना पछि धकेलिएको छ । कार्यक्रम अन्तरगत शिक्षकहरुको क्षमता तथा नेतृत्व बिकासको लागि काउन्सीलले तालिम दिएको छ । ब्रिटिस काउन्सीलका परामर्शदाताको निगरानीमा परियोजना कार्यान्वयन हुने गरेको छ ।

एक पटकमा तीन वर्षसम्मका लागि मान्यता पाउने इन्टरनेशनल स्कुल अवार्डलाई कायम राख्न बिद्यालयले परियोजनालाई निरन्तरता दिने ब्यवस्थापन समितिका अध्यक्ष यादब सुबेदीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने जामुनाखर्क माबि शैक्षिक गतिबिधीका हिसाबले म्याग्दी जिल्लामै नमुना मानिन्छ ।

बि.स. २०६० देखि २०७५ सम्म एसइई र एसएलसी परिक्षामा जिल्लामा सर्बोकृष्ट नतिजा ल्याएको तीन सय जना अध्ययनरत यस बिद्यालयका बिद्यार्थीको सरदर सिकाई उपलब्धी सि पल्स जिपिए छ ।

पुस्तकालय, कम्प्युटर ल्याब र सुबिधा सम्पन्न पर्याप्त भवन निर्माण भएको यस बिद्यालयको कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । शैक्षिक तथा भौतिक बिकासका लागि शिक्षा मन्त्रालयको नमुना बिद्यालय कार्यक्रम लागू गर्ने बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...