धौलागिरि हिमाल आरोहणमा नेपाली महिला पुर्णिमा श्रेष्ठको किर्तिमान

Gandaki Ghumau

बेनी । ससारको सातौ आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमालमा शुक्रबार पहिलो पटक नेपाली महिलाले सफल आरोहण गरेका छन् ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमालमा पुर्णीमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौको सेभेन समिट ट्रेकीङ कम्पनी मार्फत श्रेष्ठ असोज २ गते मुस्ताङको मार्फा हुदै पैदलमार्ग भएर धौलागिरी हिमाल आरोहणमा जानुभएको थियो ।

सेभेन समिट टे«कीङका सञ्चालक मिङ्मा शेर्पाले पुर्णिमा सहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ बजे धौलागिरिको सफल आरोहण गरेका जानकारी दिनुभयो । “धौलागिरि हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्,” उहाँले भन्नुभयो “धौलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।”

Shreekrishna
Gunasthariya Shiksya

श्रेष्ठसँगै जानुभएकी माया शेर्पा लगायतले आरोहण गरे नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताउनुभयो । पत्रकार समेत रहेकी गोरखा आरुघाटकी पुर्णिमाको टोलीले यसअघि गत बैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए ।

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पुर्णिमाले धौलागिरि आरोहण गर्नुभएको हो । पुर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुनुहुन्छ । उहाँले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो ।

पुर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएका गत याममा गर्ने भनेको धौलागिरि आरोहण गर्ने लक्ष्य यसपाली पुरा गर्न लागेको बताउनुभएको थियो ।

धौलागिरी आरोहणमा जाने क्रममा बेनीमा शेर्पा पेम्बा शेर्पा र आरोही पुर्णिमा श्रेष्ठ । तस्बिर धौलागिरी खबर
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...