साढे तीन सय बिद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री सहित झोला बितरण

Gandaki Ghumau

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ को शिख र ६ को मुक्तिमार्ग माबिका करिब साढे तीन सय बिद्यार्थीहरुलाई बिहिबार शैक्षिक र स्वास्थ्य सामग्री सहित झोला बितरण गरिएको छ ।

चिन फाउण्डेशनको गरिबी उन्मुलन कार्यक्रम अन्तरगत शिख माबिका ११३ जना र मुक्तिमार्ग माबिका २३२ गरि कुल ३४५ जनालाई झोला, ब्यक्तिगत सरसफाई र शैक्षिक सामग्री बितरण गरेका हुन् ।

Gunasthariya Shiksya

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, चिन फाउण्डेशनका प्रतिनिधी लुजा मानन्धर, चित्रबहादुर तिलिजा, ज्योति खड्का लगायतले सम्बन्धित बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष, प्रअ र शिक्षकहरुको उपस्थितिमा सामग्री बितरण गर्नुभएको थियो ।

Shreekrishna

छात्रालाई रातो र छात्रलाई निलो रंगको झोला सहित कापी, कलम, टिफिन बाकस, टुथपेस्ट, ब्रस, टावेल, पानीको बोत्तल, ज्यामित बाकस, रंगको बाकस, मास्क, चित्रे बनाउने कापी, स्वास्थ्य सामग्रीको किट बाकस, स्टेशनरी बाकस सहित १९ थरी सामग्री बितरण गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...