दुरबिनडाडाको पहाड उत्खनन् गर्न रोक

Gandaki Pardesh notice

घार(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित दुरबिनडाडाँको पहाडबाट ढुङ्गा उत्खनन् गर्न वडा कार्यालयले रोक लगाएको छ ।

वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बिहिबार एक सूचना जारी गरेर यसअघि भएका सहमति र सिमा भन्दा बाहिर गएर उत्खनन गर्ने मनसाय राखेको पाइएकाले रोक लगाइएको जनाउनुभएको छ ।

सम्बद्ध पक्षलाई छलफलमा बोलाएको वडा कार्यालयले अर्को निर्णय नहुँदा सम्मका लागि दुरबिनडाँडाको पहाडबाट ढुङ्गा र गिट्टी निकाल्न रोक लगाएको जनाएको छ ।

Shreekrishna hardwear in news

पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतिदान–जयमाता जेभीले पहाडबाट आफूखसी मनपरी शैलीमा ढुङ्गा उत्खनन गरेको स्थानीयबासीले बताएका छन् ।

पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको स्थानीय सन्तोष बरुवालले बताउनुभयो । सो ठाउँको ढुङ्गा स्थानीयका घर, सार्वजनिक भवन निर्माणमा पनि प्रयोग हुने गरेको छ ।

Bhautik ministry notice about road

‘सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमति बिपरित रातारात पहाड खनेर रित्ताउन खोजिएको स्थानीयबासीले बताएका छन् । वातावरणीय असरको अध्ययन र राजस्व नतिरि उत्खनन् गरेकोमा उनिहरुलाई आपत्ति जनाएर बिरोध गर्दै आएका छन् ।

२०७६ भदौमा वडा अध्यक्ष बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दुरबिनडाडामा सडकले ओगट्ने ८ मिटर र चार मिटर भित्र बाट ढुङ्गा निकाल्न दिने सहमति भएको थियो । दुरबिन डाँडाबाट कच्चा पदार्थ उत्खनन गरि सोही ठाउँमा अस्थाई क्रसर उद्योग चलाएर प्रसोधन गर्दै आएको छ ।

तर ठेकेदारले सहमति बिपरित जंगल मासिने, पहिरो चल्ने गरि धेरै भित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको स्थानीय बहुतबहादुर बरुवालले बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधि गौतमप्रसाद भुषाल र रामप्रसाद बञ्जाडेले भने डिजाइन, इस्टिमेट अनुसार स्थानीयसँग सहमति गरेर ढुङ्गा निकालेको दाबी गर्दै आउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित अन्तरगत पोखरेबगर देखि घार, खिवाङ, शिख हुदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मंसिर ९ गते २७ करोड ९१ लाख ३५ हजार २२० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०७७ जेठ २२ गते म्याद सहिएको आयोजनाको हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा काममा ढिलासुस्ति गरेको ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्दा आयोजना अलपत्र पर्ने खतरा बढेको छ ।

हाल कच्चि, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकीलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल, मेसीनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलीङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...