घारखोला जलबिद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु

Gandaki Kotihome

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।

बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आयोजनाका इञ्जिनियर जोसेब बज्राचार्यले जानकारी दिनुभयो । “दुई वटा अडितबाट खनिएको यो सम्भवत नेपालको लामो सुरुङ हो,” उहाँले भन्नुभयो “भोलीदेखिनै सुरुङलाई कंक्रिट गर्न शुरु गर्छौ ।”

सुरुङ निर्माण जलबिद्युत आयोजनाको महत्वपूर्ण उपलब्धी मानिन्छ । अर्थुङे स्थित नेपाली सेनाको शत्रुभञ्ज्याङ गुल्म अन्तरगत घार स्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न बिस्फोटक पदार्थ प्रयोग गरिएको थियो । बि.स. २०७४ चैत महिनादेखि सुरुङ निर्माण शुरु भएको थियो ।

Upper Myagdi transmition line notice

आयोजनाको हालसम्म समग्रमा ६२ प्रतिशत भौतिक प्रगति भएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण सकिएको सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चरका आयोजना ब्यवस्थापक ध्रुब मिश्रले बताउनुभयो ।

“बाँध नजिकै ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) निर्माण भएको छ,” उहाँले भन्नुभयो “डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।”

पोखरेबगर स्थित गोजेखोल्सीमा बिद्युतगृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान शुरु भएको छ । आउटलेट देखि बिद्युतगृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ ।

Annapurna aarohan ko notice

घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया र हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली.ले उपकरण तयार पारेको छ । सिभिल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदुरले काम गरिरहेका छन् ।

२०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा र बन्दाबन्दीका कारण केही ढिलाई भएको म्याग्दी हाइड्रोपावरका सञ्चालक होमबहादुर गलामीले बताउनुभयो । उहाँले २०७९ असार महिनाभित्र आयोजना निर्माण सक्ने कार्यतालिका बनाएको बताउनुभयो ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइन निर्माण गर्न ठेकेदार कम्पनी रोयल कन्ट्रक्सनले सामान आपुर्ति गरिसकेको छ । आयोजनाको परामर्शदाता हाइड्रो कन्सल्टका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले जटिल र प्रतिकुल भौगोलिक अवस्थाका बावजुद आयोजना निर्माण तिब्रताका साथ अघि बढेको बताउनुभयो ।

कुल रु. दुई अरब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक उर्जा बुटवल लिमिटेडले पनि यस आयोजनामा लगानी गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...