पिप्लेमा वाईसीएलको वडा कमिटी गठन

Gandaki Ghumau

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा सोमबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको वडा कमिटी गठन भएको छ ।

सुरेन्द्र मल्लको अध्यक्षतामा गठन भएको ११५ सदस्यीय समितिको प्रथम उपाध्यक्षमा जगत विक, द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द्, यशु परियार, सहसचिबमा रमेश बस्याल र सरस्वती मल्ल कोषाध्यक्षमा अस्मीक शाही चयन हुनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले मुलुकमा आएका परिवर्तन माओवादीकै एजेण्डा भएकाले माओवादीकै नेतृत्व र अगुवाईले मात्रै परिवर्तनका मुद्धा संस्थागत हुने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

उहाँले नयाँ संविधान, गणतन्त्र र संघीयता लगायतको रक्षा र विकास निर्माण र समृद्धिका लागि जनताले माओवादीलाई नै विश्वास गर्ने भएकाले युवाहरुले हरेक टोल टोलमा परिवर्तन का एजेण्डा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, वाइसीएल केन्द्रीय सदस्य नगेन्द्र केसी, जिल्ला संयोजक सन्दीप खत्री लगायतले युवाहरु समाजको अगुवा भएकाले समाजमा रहेका विकृति विसंगती विरुद्ध युवाहरुले आवाज बुलन्द बनाउनुपर्ने र त्यसको अगुवाई वाईसीएलले गर्ने भएकाले सबै युवाहरुलाई टोल स्तरको कमिटी मार्फत समेट्नुपर्नेमा जोड दिनुभयो ।

तारा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र म्याग्दीका आर्थिक विभाग प्रमुख रिम कटुवाल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवाल लगायतले बधाई मन्तव्य ज्ञापन गर्नुभएको थियो भने प्रकाश सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...