सेवानिवृत गोर्खा सैनिक कालिजपालनमा (भिडियो सहित )

Gandaki Ghumau

भकुण्डे । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतमा एक जना सेवा निवृत्त सैनिकले ब्यवसायिक कालिजपालन शुरु गर्नुभएको छ ।

भारतीय गोर्खा सैनिकबाट सेवा निबृत्त नबिन घिमिरेले ब्यवसायिक कालिजपालन गरेर स्वरोजगार बन्नुभएको हो । “पल्टनमा हुँदा दार्जिलिङमा कालिजपालन गरेको देखेर रुची बढेको थियो,” घिमिरेले भन्नुभयो “नेपालमा सरकारले कालिज पाल्न अनुमति दिएकाले पेन्सन आएलगत्तै ब्यवसाय शुरु गरेको थिए ।”

गत बैशाख महिनामा रञ्जिला कृषि तथा पशुपंक्षी फार्म स्थापना गरेर कालिजपालन शुरु गरेका ३९ वर्षीय घिमिरेले ‘युट्युब’ हेरेर यस सम्बन्धी जानकारी लिएको बताउनुभयो । ७ रोपनी पाखोबारीलाई घेराबार गरेर आकाशलाई जालीले छोपिएको खोर बनाउनुभएको छ ।

Shreekrishna

पहिलो चरणमा ६०० वटा चल्ला हाल्नुभएका घिमिरेले छ महिनामै आम्दानी लिन थाल्नुभएको छ । प्रतिगोटा रु. तीन हजार पाँच सयका दरले ५० वटा कालिज बिक्री भइसकेको छ । पोखराबाट थप ५० वटा भाले र ३० वटा पोथी कालिजको ‘अर्डर’ आएको घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार खोर निर्माण र चल्ला खरिदमा रु. बीस लाख लगानी भएको छ । मकै, गहुँको घरायसी र बजारबाट खरिद गरेको दानाको साथै हरियो घासँलाई आहराको ब्यवस्थापन गर्नुभएको छ । उहाँले पालेको ‘रिङनेट’ जातको कालिज पाल्न सरकारले अनुमति दिएको छ ।

Gunasthariya Shiksya

१९ वर्षको उमेरमा भारतीय गोर्खा सैनिकमा भर्ति भएका घिमिरेले आफ्नै गाउँठाउँमा केही गर्ने सोच अनुसार बैदेशिक रोजगार लगायत अन्य अवसर छाडेर नयाँ किसिमको कालिजपालन शुरु गरेको बताउनुभयो । फार्ममा तीन जनाले रोजगारी पाएका छन् ।

मासुका लागि भाले कालिजको संख्या बढाउने र ’ह्याचिङ मेसिन’ राखेर आफै चल्ला उत्पादन गर्ने उहाँको योजना छ । स्याल र चितुवाको आक्रमणबाट बचाउदै कालिज खुल्ला ठाउँमा उड्न र आफै चर्न मिल्ने गरी खोर बनाउनुभएको छ ।

पोखरा र बेनी नगरपालिका–४ सिंगाको हरियाली कृषि फार्मबाट चल्ला ल्याएर पाल्नुभएको हो । बनकुखुरा पनि भनिने कालिज मासुका लागि बेनी, बागलुङ र पोखराका होटलमा खपत हुन्छ । पाँच महिना पालेपछि दुई किलो भन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् ।
कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन ।

कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...