बिनय पाण्डेको अध्यक्षतामा मंगलामा वाइसीएलको पालिका कमिटी गठन

Gandaki Ghumau

बेनी । नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको बिहिबार बाबियाचौरमा भएको भेलाले बिनय पाण्डेको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।

भेलाले मंगलाको कुहुँमा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, बाबियाचौरमा प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय, बरंजा ३ मा बविन किसानको अध्यक्षतामा १५ सदस्यीय, वडानम्वर ४ मा कुमार केसीको अध्यक्षतामा १३ सदस्यीय र अर्मनमा धनप्रसाद रोकाको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

भेलालाई संम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेलले माओवादीले जनयुद्धबाट प्राप्त गरेको गणतन्त्र, समावेशी, संघिय ब्यवस्था सहितको संबिधानको रक्षाका लागि देशमा फेरी एक पटक माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

राजनीतिक परिवर्तनलाई संस्थागत र जनताको आधारभूत आवश्यकता पुरा गर्दै बिभेदरहित समाज निर्माण, बिकास र आर्थिक समृद्धिको लागि माओवादीको एजेण्डालाई साथ लिएर युवाहरु अघि बढ्न आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले वाईसिएलमा आवद्ध युवाहरुले समाज रुपान्तरणमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो । युवाहरुको नेतृत्व विना गाउँको विकास असम्भव हुने बताउदै समाजलाई आत्मनिर्भर बनाउने काम युवाहरुको मेहनतले सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सदस्य नगेन्द्र केसीले पनि सम्बोधन गर्नुभएको थियो । बालकृष्ण पुर्जाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दलविर पुनले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...