मंगला–४ मा माओवादीले टोल स्तरमा संगठन बिस्तार गर्ने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बुकेनी । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिका–४ का सबै टोलमा संगठन बिस्तार गर्ने भएको छ ।

वडा कमिटीका अध्यक्ष दलबिर पुनको अध्यक्षता र सचिब उमेश बिकको सञ्चालनमा आइतबार बुकेनीमा बसेको बैठकले सदस्यता नबिकरण र टोल स्तरमा संगठन निर्माण गर्ने निर्णय गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य टेकबहादुर बिश्वकर्माले माओवादी आन्दोलनबाट भएका उपलब्धिलाई संस्थागत गर्न माओवादीका नेतृत्व आवश्यक पर्ने भएकाले टोल टोलमा संगठन बिस्तार गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna

बैठकमा माओवादी केन्द्र मंगलाका अध्यक्ष याम रोका, नेताहरु मोहनलाल सापकोटा, खिमनाथ आचार्य, चक्रबहादुर रोका, कार्यवाहक वडा अध्यक्ष मनमाया चोचाङ्गी, वडा सदस्य याम बिक, सुकमाया बिक, सहिद परिवार दलबहादुर रोका र नन्दकुमारी रोकाको उपस्थिति थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...