जन्मथलोमा आएर कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उमेद्वारी घोषणा

Gandaki Kotihome

कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौ अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको छ ।

कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही असोज २८ देखि ३० गते काठमाडौमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गर्नुभएको हो ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा जन्मिएर हाल बेलायतमा ब्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएको विभिन्न पदमा रहेर काम गर्नुभएको छ । सन् २००३ देखि गैह्रआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको थियो ।

Upper Myagdi transmition line notice

त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बन्नुभएको थियो । संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १ सय ४७ मतान्तरले पराजित हुनुभएको थियो । अध्यक्षमा बर्तमान कार्यसमितिका उपाध्यक्ष डाक्टर बद्री केसीले पनि उमेद्वारी घोषणा गरिसक्नुभएको छ ।

सुस्तामा बिद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खेल्ने लगायतका कामको अगुवाई गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र बिश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाउनुभयो ।

Annapurna aarohan ko notice

प्रवासीलाई जन्मथलो र गाउँसंग जोड्ने, गैरआवासीय नागरिकताको ब्यवस्था, दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामुलक बनाउने मुद्दालाई अघि सारेको आचार्यले बताउनुभयो ।

‘‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनआरएनए नागरिकता आवश्यक छ,’’ उहाँले भन्नुभयो ‘‘प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको ब्यवस्था हुनुपर्छ ।’’

नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजि भित्र्याउने बिषयमा बहस गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारी निकायसंग समन्वय गरेर नेपालबाट बिदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताउनुभयो ।

“कोभिड–१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ,” उहाँले भन्नुभयो “स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले ‘एक एनआरएन एक रोजगार’ भन्ने अवधारणा अगाडि सारेको छु ।’’

प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिंदै आएको सुनाउनुभयो । महाधिबेशन प्रतिनिधी चयनमा देखिएको बिवाद बिधान अनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने बातावरण बनाउन आग्रह गर्नुभयो ।

उमेद्वारी घोषणाको क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पिडितको पुर्नवासका लागि दश लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न एक लाख पचास हजार ब्यक्तिगत सहयोग गर्ने जानकारी गराउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...