धौलागिरीमा आरोहीको चहलपहल

Gandaki Kotihome

बेनी, ।म्याग्दी स्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविरमा आरोहीहरुको चहलपहल बढेको छ ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने धौलागिरी हिमाल आरोहणका लागि आएका बिदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगीहरु आधार शिविर पुग्न थालेपछि चहलपहल शुरु भएको हो ।

शरदकालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोहीहरु हेलिकप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका इटली आधार शिविरका होटल ब्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो ।

Shreekrishna

उहाँका अनुसार २० जना आरोही र शेर्पाको टोली आधार शिबिर पुगेको छ । थप २० जना पुग्ने क्रममा छन् । काठमाडौ देखि म्याग्दीको बाबियाचौरसम्म गाडीमा आएका आरोही टोली त्यहाँ देखि आइतबार हेलिकप्टर चढेर आधार शिविर पुगेका हुन् ।

सेभेन समिट र पाइनर टे«क मार्फत आएका आरोहीहरु बाबियाचौर भन्दा माथि सडक अवरुद्ध भएको र पहिरोका कारण पदमार्ग, झोलुङ्गे पुलमा क्षति पुगेकाले हेलिकप्टर चढेर आधार शिबिर गएका स्थानीय स्तरमा आरोहण टोलीको ब्यवस्थापनमा खटिनुभएका इन्द्रसिंह शेरचनले बताउनुभयो ।

Annapurna aarohan ko notice

“आइतबार २० जनाको टोली हेलिकप्टरबाट आधार शिविर पुगीसक्यो,” उहाँले भन्नुभयो “मार्फाबाट हिडेर गएको थप २० जनाको टोली मंगलबारसम्म आधार शिविर पुग्छ ।” उहाँका अनुसार हिमालयन र डोल्मा टे«क मार्फत अनुमति लिएका पर्वतारोहीहरु काठमाडौबाट आउने तयारीमा छन् ।

जापान, चिन, स्पेन लगायत देशका पर्वतारोहीहरु धौलागिरी आरोहणका लागि आएका सेभेन समिट टे«कबाट आएकी माया शेर्पाले बताउनुभयो । उहाँ, पुर्णीमा श्रेष्ठ लगायत नेपाली पर्वतारोहीहरुको टोली पनि धौलागिरी आरोहणमा जादैछ ।

“धौलागिरीमा नेपाली महिलाले अहिलेसम्म आरोहण गरेका छैनन्,” उहाँले भन्नुभयो “यो याममा हामी नेपाली महिला पर्वतारोहीहरु धौलागिरी चढ्ने तयारीमा छौ ।” सो टोलीले गत बैशाखमा म्याग्दीमै रहेको अन्नपूर्ण प्रथम हिमाल पहिलो पटक चढ्ने नेपाली महिलाहरुको किर्तिमान बनाएका थिए ।

८३ वर्षमा प्रबेश गरेका स्पेनका कार्लोस सोरिया पनि धौलागिरी आरोहणका लागि आउनुभएको छ । उहाँले गत याम सहित ११ औ पटकसम्म धौलागिरी हिमाल आरोणको प्रयास गर्नुभएको थियो ।

पर्यटन बिभागले यही भदौ १५ गतेदेखि हिमाल आरोहणका लागि अनुमति दिन शुरु गरेको थियो । भदौ २५ गतेसम्म ४० जनाले धौलागिरी हिमालको आरोहणका लागि अनुमति लिएर रु. ४२ लाख १० हजार सरकारलाई सलामी दस्तुर तिरेका बिभागले जनाएको छ ।

शरदयाममा सगरमाथा बाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १ सय २५ देखि अधिकतम ४ सयसम्म सलामी दस्तुर तिर्नुपर्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस