पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो

Gandaki Ghumau

बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ ।

गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा नगरपालिका–७ खरेहासम्मको क्षेत्रमा २० वटा ठुल्ठूला र दर्जनौं सानातिना पहिरा थिए । माटो र लेदोसहितका पहिरा हटाउन सातवटा एस्क्काभेटर, चारवटा जेसीभी र त्यत्तिकै मात्रामा ट्रिपरलाई आठ दिन लागेको हो ।

भ्याप्लेखोलामा ४० फिट उचाइको चट्टाने पहिरोले सडक खुलाउन सबैभन्दा समस्या भएको हो । उक्त पहिरो भने नेपाली सेनाको सहयोगमा विस्फोट गराएर सफा गर्नमात्रै चार दिन लागेको हो । चट्टाने पहिरोकै कारण सडक सञ्चालनमा आउन समस्या भएको पर्वतका प्रहरी प्रमुख डिएसपी शिवराज बुढाथोकीले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

पर्वत प्रशासनका अनुसार मोदी गाउँपालिका–५ भ्याप्लेखोलाको चट्टाने पहिरो हटाएर साँझ ६ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याइएको हो । राजमार्ग खुलेपछि सवारीहरु गन्तव्यमा जान थालेका छन् । लेदोसहितको गेग्र्यान सडकभरि भएका कारण साना सवारीलाई भने आउजाउमा समस्या छ ।

‘अहिलेका लागि जसरी भए पनि एकतर्फी मात्रै खुलाउने भनेर लागिएको हो,’ मध्यपहाडी सडक आयोजना कार्यालयका सूचना अधिकारी उज्ज्जल शर्माले भन्नुभयो, ‘सडकमा जमेको माटो साइडमै छ । दुईतर्फी खुलाउन अझै केही साता लाग्छ ।’

राजमार्गको साढे आठ किलोमिटरमध्ये आधा सडक ढाक्नेगरी खसेका पहिरामा एकतर्फीमात्रै सञ्चालन हुँदा सवारी जाम हुने, साना सवारी हिलोमा फसिने समस्या रहेको ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काले बताउनुभयो । उहाँका अनुसार समस्या हुने स्थानहरुमा ट्राफिक खटाएर व्यवस्थापन हुनेछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...