बेनीमा अनेमसंघको प्रशिक्षण

Gandaki Kotihome

बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बिहिबार देखि बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

Annapurna aarohan ko notice

महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म पार्टीको बिचार प्रवाह गराउने उद्देश्यले आयोजना भएको प्रशिक्षण तीन दिनसम्म चल्नेछ् । अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुनले एमालेमा आबद्ध महिलाहरुलाई वैचारिक र साङ्गठनिक रुपमा सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

अनेमसंघका जिल्ला सदस्य खरमाया बिटालुले सहजिकरण गर्नुभएको भेलामा एमालेका प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेशसभा सदस्य नरदेबी पुन लगायतले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका सकारात्मक कामलाई जनस्तरसम्म लैजानुपर्ने बताउनुभयो । भेलामा अनेमसंघका पदाधीकारी, एमालेबाट निर्बाचित जनप्रतिनिधी र अगुवा कार्यकर्ताहरुको सहभागिता छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...