भवन जिर्ण हुँदा भकिम्ली स्वास्थ्य चौकीको सेवा प्रभावित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा छाता ओड्नुपर्ने बाध्यता छ ।

स्वास्थ्य चौकीको भवन जिर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओडेर बस्ने गरेका हुन् । स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धिरजकुमार शाहले भवनको प्रसुति कक्षभित्र पानी पर्दा छाता ओडेर सेवा दिने गरेको बताउनुभयो ।

“आफ्नै भवन नभएको र स्वास्थ्य चौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जिर्ण बनेर पानी चुहिन थालेको छ,” उहाँले भन्नुभयो “बर्खामा पानी पर्दा भवन भित्रै छाता ओडेर सेवा दिने गरेका छौ ।”

Shreekrishna

भवन अभावमा करिब एक हजार घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको हो । जिर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्य चौकी सञ्चालन भएको नमुना आमा समूहको भवन मर्मत अभावमा जिर्ण बनेको हो । छातोबाट पानी चुहिन्छ । प्रसुति गराउने कोठाको शैयामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिंगो स्वास्थ्य चौकी दुई वटा कोठामा सिमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको जनस्वास्थ्य निरीक्षक शाहले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

एक वटा कोठामा प्रशासन र औषधी भण्डारण कक्ष बनाइएको छ । बहिरंग, सोधपुछ र प्रसुति कक्ष एउटै कोठामा सञ्चालन भएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् ।

दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । स्वास्थ्य चौकीको भवन बनाउन जग्गा प्राप्त भएपनि बजेट अभावमा कार्यान्वयन हुन सकेको छैन् । स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिका मार्फत प्रदेश र संघीय सरकारमा प्रस्ताव गरिएको बताउनुभयो ।

स्थानीय पृथीलाल खत्रीका परिवारले ८ रोपनी जग्गा निशूल्क उपलब्ध गराउनुभएको छ । यसअघि तीन रोपनी जग्गा उपलब्ध गराउनुभएका खत्री परिवारले नयाँ मापदण्ड पछि थप पाँच रोपनी उपलब्ध गराउनुभएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बिस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्य चौकी भवन बनाउन प्रदेश र संघ सरकारका निकायमा प्रस्ताब गरिने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...