अन्नपूर्ण गाउँपालिकाको बिपद् कोषमा बेलायतबाट करिब पन्ध्र लाख सहयोग

Shreekrishna hardware

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिपद् ब्यवस्थापन र कोरोना भाइरस नियन्त्रणका लागि बेलायत (युके)बाट सोमबार करिब रु. पन्ध्र लाख सहयोग प्राप्त भएको छ ।

अन्नपूर्णका आठ वटै वडामा जन्मिएर हाल बेलायतमा रहेकाहरुले आठ हजार ९१७ पाउण्ड अथवा नेपाली रुपैयाँ १४ लाख ८४ हजार ३०५ रुपैयाँ पठाएका हुन् । बेलायतमा रहेका अन्नपूर्ण गाउँपालिकाका बासिन्दाहरुले कोरोना महामारी नियन्त्रण र पहिरो लगायत बिपद् ब्यवस्थापनका लागि स्वच्छिक रुपमा रकम संकलन गरेर पठाएका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो ।

बेलायतमा अन्नपूर्ण गाउँपालिकामा जन्मथलो भएकाहरुको १२ वटा संस्थाले सो रकम जुटाएर एकमुष्ठ पठाएका हुन् । सहयोगदाताहरुलाई धन्यवाद दिदै अध्यक्ष पुनले गाउँपालिकाको बिपद् ब्यवस्थापन कोषमा जम्मा भएको रकम कोरोना भाइरसको महामारी नियन्त्रण र पहिरो पिडितहरुको ब्यवस्थापन, पुननिर्माणमा परिचालन गरिने बताउनुभयो ।

Shreekrishna
Ban devision notice

युकेमा रहेको खिबाङ समाजले रु. दुई लाख ६१ हजार ९५५, दाना समाजले रु. दुई लाख १९ हजार १२०, शिख समाजले रु. दुई लाख छ हजार २५०, पाउद्धार समाजले रु. एक लाख ८९ हजार ९१५, दोबा समाजले रु. एक लाख ४७ हजार ६७५ र औला समाजले रु. ९९ हजार पठाएका छन् ।

यसैगरी राम्चे समाजले रु. ८६ हजार ७९०, काफलडाडा समाजले रु. ७८ हजार ३७५, घराम्दी समाजले रु. ७४ हजार ७४५, रिमा समाजले रु. ६५ हजार ५०५, हिस्तान समाजले रु. ३७ हजार ७५० र नागी समाजले रु. २७ हजार २२५ सहयोग गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, वडा अध्यक्षहरु कृष्णप्रसाद बरुवाल, नरसिंह पुर्जा, राजेश तिलिजा, कार्यपालिका सदस्य थमप्रसाद बिक र बिष्णुकुमारी परियार, प्राबिधिक बालकृष्ण पौडेलको उपस्थितिमा बेलायतबाट पठाएको सहयोग हस्तान्तरण भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...