पहिरोले थुनिएको गुर्जाखोला ओभरफलो भएर बग्न थाल्यो

Gandaki Kotihome

बेनी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला तलाउ भरिएर प्राकृतिक रुपमा बग्न थालेको छ ।

गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला राती देखि ओभरफलो भएर बग्न थालेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“तलाउ भरिएर माथिबाट बग्न थालेको हो,” उहाँले भन्नुभयो “थप जोखिमको अवस्था अध्ययनका लागि आइतबार बिहानै पहिरो गएको ठाउँतर्फ हिडेका छौ ।” तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाइएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जा खोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मुदीमा गुर्जा खोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिड्नुपर्छ । दुबै किनारमा भिर भएको साँघुरो खोचमा पहिरो खसेर खोला थुनिएको खेतमा काम गर्न गएका कृषकहरुले देखेपछि खबर गरेका थिए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन् । कृषकहरुले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चार वटै स्थानीय तहको तटीय क्षेत्रका बस्तिमा सतर्कता अपनाउन आग्रह गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...