म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

Gandaki Kotihome

बेनी । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारको ६१ र प्रदेशको ८८ प्रतिशत पुजिगत बजेट खर्च भएको छ ।

पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको एक अरब ५२ करोड ६६ लाख ९८ हजार ४४३ रुपैयाँ बजेट बिनियोजन भएकोमा समग्रमा करिब दुई तिहाई अथवा ९८ करोड एक लाख ८१ हजार ७७८ रुपैयाँ खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयले म्याग्दी जिल्लाका प्रदशका ९, ६ वटा स्थानीय तह तथा २० वटा संघीय कार्यालयहरुले सो बजेट खर्च गरेका हुन् । कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले स्थानीय तहमा निकासा भएको तर खर्च नभएकाले समायोजन पछि खर्च रकम अझै घट्न सक्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

कुल पुजिगत बजेट ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ रहेका संघीय बजेट ६१.८२ प्रतिशत अथवा ५३ करोड नौ लाख ८२ हजार ३७८ रुपैयाँ खर्च भएको छ । तीन अरब एक करोड ३५ लाख २१ ह्जार ६५४ रुपैयाँ रहेको संघीय चालु बजेट स्थानीय तहहरुमा निकासा भएको सहित दुई अरब ८४ करोड ३९ लाख २४ हजार ५७३ रुपैयाँ अथवा ९४.३७ प्रतिशत खर्च भएको छ ।

प्रदेशको पुजिगत तर्फ कुल ६६ करोड ७८ लाख ६५ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा ८८.२२ प्रतिशत अथवा ५८ करोड ९९ लाख ९९ हजार ४०० रुपैयाँ खर्च भएको छ । चालुतर्फ प्रदेशको ४९ करोड ५० लाख आठ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा ७५.१४ प्रतिशत अथवा ३७ करोड १९ लाख ७१ हजार ६१६ रुपैयाँ खर्च भएको छ ।

संघीय र प्रदेशको चालु शिर्षकमा स्थानीय तहहरुलाई दिएको निकासा रकम समेत जोडिएको छ । स्थानीय तहहरुले भएको खर्च विवरण र बचत भएको रकम फिर्ता गरिनसकेकाले यथार्थ खर्च बिबरण प्राप्त हुन समग्र जिल्लाको बजेट परिचालनको वास्तविक अवस्था पहिचान गर्न अझै केही दिन लाग्ने कोलेनिकाका प्रमुख शर्माले बताउनुभयो ।

यसैगरी म्याग्दीमा गत आर्थिक वर्ष २०७७÷७८ मा कुल रु. २४ करोड ४१ लाख १६ हजार ५९२ रुपैयाँ राजस्व संकलन भएको छ । संघीय कार्यालयहरुबाट रु. २१ करोड १६ लाख २० हजार ९४४ र प्रदेश कार्यालयबाट ३२ करोड ५४ लाख ४४ हजार ९८१ रुपैयाँ राजस्व संकलन गरेका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...