गुर्जामा उच्च घनत्वको स्याउ खेती

Gandaki Kotihome

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ ।

गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको स्याउ खेती गरेका हुन् । इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेति गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक ब्यवसायिक स्याउ खेती भएको हो,” उहाँले भन्नुभयो “१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै बर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।”

Upper Myagdi transmition line notice

कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा खरिद गरिएको थियो । गुर्जामा स्याउ खेतीका लागि गत वर्ष कृषि ज्ञान केन्द्रले रु. एक लाख पचास हजार र धवलागिरी गाउँपालिकाले रु. पाँच लाख बिनियोजन गरेका थिए ।

Annapurna aarohan ko notice

गुर्जाको नाइलीबाङमा २६ जना कृषकले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका छन् । गुर्जाको स्याउ खेती भएको ठाउँको उचाई समुन्द्रि सतहदेखि दुई हजार सात सय मिटर छ । अन्यत्र यही उचाईमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतिप्रति कृषकको आकर्षण बढेको छ । परिक्षण उत्पादन सफल भएमा स्याउ खेती बिस्तार गर्ने योजना बनाएका छन् ।

यसअघि गुर्जामा स्थानीय जातको स्याउ खेती गरिएपनि अपेक्षाकृत सफलता हासिल भएको थिए । कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले गुर्जामा परिक्षणका लागि उच्च घनत्वको स्याउ खेती गर्न इटलीबाट बिरुवा ल्याएको बताउनुभयो ।

“पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो,” उहाँले भन्नुभयो “गुर्जामा उच्च घनत्वको स्याउ खेती सफल भएमा खेर गइरहेको बाँझो जमिनलाई सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन सकिने सम्भावना छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...