बालगृहका बालबालिकालाई मोवाइल सहयोग

Shreekrishna hardware

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालन भएको म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई भर्चुअल माध्यमबाट पठनपाठनका लागि मोवाइल फोन सेट सहयोग प्राप्त भएको छ ।

बाल संगठनको पहलमा विभिन्न दाताहरुले उपलब्ध गराएको ११ थान मोवाइल सेट शनिबार बालबालिकाहरुलाई उपलब्ध गराइएको छ । कोरोनाका कारण बिद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएको छैन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सहरी क्षेत्रमा भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन भएको छ । बालगृहका बालबालिका पठनपाठनबाट बञ्चित नबनुन भनेर दाताहरुको सहयोगमा मोवाइल ब्यवस्थापन गरेको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले बताउनुभयो ।

Shreekrishna

प्रताप हमाल, ओमनारायण जुग्जाली, दल शेरपुजा, नरेश श्रेष्ठ, प्रमोद गिरी, सन्दिप खत्री, लायन्स क्लव अफ बेनी महारानीले एक, एक सेट तथा दुई जना नाम सार्वजनिक गर्न नचाहने दाताले दुई सेट मोवाइल उपलब्ध गराउनुभएको हो । बालगृहमा ११ जना बालबालिका आश्रित छन् ।

सभापति शाक्यको अध्यक्षता, सचिव सन्दिप खत्रीको सञ्चालन, कोषाध्यक्ष हरिप्रसाद पौडेलको स्वागत र बेनी नगरपालिकाको ७ नम्बर वडाका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाता दल शेरपुञ्जाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...