मोनाद्धारा बेनीका पहिरो पिडितलाई घर हस्तान्तरण

Gandaki Kotihome

बेनी । प्रवासी म्याग्देलीहरुले बेनी नगरपालिकामा गत वर्षको पहिरोबाट घरबास गुमाएकाहरुका लागि पुनःनिर्माण गरिदिएको आवास हस्तान्तरण गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले पुनःनिर्माण गरेका चार वटा घर नगरपालिका, प्रशासन कार्यालय र राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा मंगलबार हस्तान्तरण गरेका हुन्

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले नगरप्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत लाभग्राहीलाई घरको डमी चाबी हस्तान्तरण गर्नुभएको थियो । बेनपा–६, चुत्रेनीका बाटुलीदेवी थापा, डम्बराका भीमबहादुर थापा र राहुवडाका पूर्णबहादुर विक तथा पात्लेखेतका धनदेवी नेपालीलाई नयाँ घरको चाबी हस्तान्तरण गरिएको हो ।

Upper Myagdi transmition line notice

गत बर्खामा पहिरोका कारण बेनी नगरपालिकामा ५८ वटा सहित जिल्लाभर २४७ घर भत्किएका थिए । रोजगारी, अध्ययन, ब्यापार, ब्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोनाले गत वर्खामा क्षति पुगेका म्याग्दीका ४० वटा घर पुननिर्माण गरेका छन् ।

मोनाको पहिरो पिडितको निजी आवास पुननिर्माण कार्यदलका सदस्य दल शेरपुञ्जाले प्रतिघर रु. पाँच लाखका दरले खर्चेर पालिका र जिल्ला विपद् ब्यवस्थापन समितिको सिफारिसमा आवास पुननिर्माण गरेको बताउनुभयो ।

Annapurna aarohan ko notice

“बिदेशमा भएका म्याग्देलीहरुले चन्दा जुटाएर पहिरो पिडितको घर पुननिर्माण गरेका हौ,” उहाँले भन्नुभयो “अन्य पालिकामा निर्माण भएका घर पनि क्रमश हस्तान्तरण गर्दैछौ ।” बुधबार धवलागिरी गाउँपालिकाको मराङ र बिहिबार मालिकाको बिमका पहिरो पिडितको घर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

पहिरो पिडितको आवास पुननिर्माणका लागि मोनाले रु. दुई करोड जुटाएको थियो । धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४÷४ वटा घर निर्माण गरेको छ ।

एक वटा भान्छाकोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हो । प्रवासी, स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिकाको मराङ र मालिका गाउँपालिकाको बिममा एकिकृत बस्तीको अवधारणा अनुसार निजी आवास पुननिर्माण भएको छ ।

गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।

पहिरोबाट भत्किएको, बगेको र पुरिएको घर पुननिर्माण गर्न रु. ५ लाखका दरले अनुदान उपलब्ध गराउन गत माघमा कार्यबिधी स्विकृत भएको थियो । गृह मन्त्रालयले पहिरो पिडितको घर पुननिर्माणका लागि गत बैशाख अन्तिम साता रु. एक करोड आठ लाख पठाएको थियो ।

मोनाले बनाएका बाहेकका घर पुननिर्माण गर्नेलाई अनुदान उपलब्ध गराउन दश करोड ३५ लाख रुपैयाँ बजेट आवश्यक पर्छ । संघ, प्रदेश सरकार र स्थानीय तहको अनुदानमा बन्ने घर पुननिर्माणले पनि तिब्रता पाएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस