गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

Gandaki Kotihome

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी अस्पताललाई रु. आठ लाख ५५ हजार ८५० मूल्य बराबरको आठ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा म्याग्दीमा सञ्चालित सामुदायिक बिकास परियोजनाका जिल्ला संयोजक खेम रोकायाले प्रजिअ गणेशबहादुर अधिकारी मार्फत मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरी गाउँपालिकाका प्रतिनिधी सरोज थापा, बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई सामग्री हस्तान्तरण गर्नुभयो ।
एक सय थान अक्सिजन फलोमिटर, ८० प्याकेट अक्सिजन मास्क, ५० प्याकेट भेन्टुरी फेस मास्क, ७० प्याकेट रिजरभाइर ब्याग मास्क, १५० थान पिपिई सेट, एक हजार वटा भिटिएम, आठ सय थान एन्टिजेन किट र ४० थान पल्स अक्सिमिटर उपलब्ध गराएको परियोजनाले जनाएको छ ।
संगम र कदम म्याग्दी मार्फत धवलागिरी गाउँपालिकामा परियोजना सञ्चालन गर्दै आएको गुड नेवर्सले गत वर्षको पहिलो लहरको कोरोना संक्रमण नियन्त्रण र पहिरोको बिपद् ब्यवस्थापनमा सघाएको थियो ।
परियोजनाले शिक्षा, स्वास्थ्य, आयआर्जन, बालअधिकारको पैरबी, वातावरण संरक्षण, विपद् ब्यवस्थापन सँग सम्बन्धित गतिबिधी सञ्चालन गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...