बेनीको ६६ करोडको सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहिबार बेनीमा भएको नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश गर्नुभएको हो । सार्वजनिक कुल बजेटमध्ये चालु खर्चतर्फ ४२ करोड ७८ लाख ८२ हजार र पुँजीगततर्फ २३ करोड २६ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रस्तुत बजेटमा सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ १२ करोड ८० लाख, राजश्व बाँडफाँड ८ करोड ८ लाख ८५ हजार, सशर्त ३१ करोड २९ लाख, विशेष दुई करोड ६१ लाख र समपुरक बजेट एक करोड १५ लाख रुपैयाँ रहेको छ ।

Shreekrishna

यसैगरी प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये समानिकरणतर्फ एक करोड ५० लाख ७६ हजार, राजश्व बाँडफाँडमा एक करोड ४९ लाख ६ हजार, विशेषतर्फ ५० लाख, समपुरक २ करोड र अल्या ४ करोड १२ लाख रुपैयाँ बजेट रहेको उपप्रमुख बरुवालले जानकारी गराउनुभयो ।

नगरपालिकाले कर राजश्वअन्तर्गत एक करोड ६२ लाख ५० हजार तथा गैरकर राजश्वअन्तर्गत दुई करोड ४९ लाख ५० हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । नगरसभामा पेश गरिएको बजेटमध्ये पूर्वाधार विकासको क्षेत्रमा कुल तीन करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा एक करोड ७५ लाख, आर्थिक विकासमा एक करोड ४० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख, संस्थागत विकास तथा सुशासनतर्फ ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

१० वटा वडा रहेको बेनी नगरपालिकाको १, ४, ६ र १० नम्बर वडालाई ६५ लाखका दरले, २, ३, ५ र ९ नम्बर वडालाई ७० लाखका दरले तथा ७ र ८ नम्बर वडालाई ६०÷६० लाखका दरले कुल छ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि ५० लाख, वर्षाले प्रभावित पारेका सडकको स्तरोन्नति गर्न ७० लाख र नगरका विविध कार्यक्रम सम्पन्न गर्न समपुरक कोषमा तीन करोड ८५ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रस्तुत बजेटमा कृषि उत्पादन, गरिबी न्युनीकरण, व्यवसाय प्रवद्र्धन, आवासविहिनको घर निर्माण, विपद्मा परेकालाई तत्कालै उद्दार तथा राहतका साथै भूगोल र जनसङ्ख्याको आधारमा वडालाई बजेट विनियोजन गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले आगामी आवको लागि आर्थिक तथा सामाजिक क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार विकास, सुशासन तथा सेवा प्रवाह, अनुगमन र मूल्याङ्कन शीर्षकअन्तर्गत विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका गर्नुभएको थियो ।

मेयर श्रेष्ठले कोरोना रोकथामको कार्यलाई थप व्यवस्थित बनाउने, सङ्घीय सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगर क्षेत्रको कृषिलाई आधुनिकीकरण र विविधिकरण गरी व्यावसायिकरणमा प्राथमिकता दिनुका साथै नगर क्षेत्रका पर्यटकीयस्थलको विकासमा जोड दिइने नीतिमा प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रम पारित भएपछि बजेट प्रस्तुत गरिएको थियो । छलफल गर्न आइतबार सम्मका लागि नगरसभा स्थगित गरिएको प्रशासकीय अधिकृत छबीलाल सुबेदीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस