मालिकाले ल्यायो साढे पचास करोडको बजेट

Gandaki Kotihome

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष श्रीप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, उपाध्यक्ष बिटालुले प्रस्तुत गर्नुभएको बजेट, आर्थिक र बिनियोजन बिधेयक सभाले पारित गरेको छ । संघ, प्रदेश सरकारले दिएको अनुदान, पालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार बनाएर बजेट बिनियोजन भएको हो ।

Upper Myagdi transmition line notice

सडक, सिचाई, भवन, खानेपानी, बिपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

म्याग्दी नदीको कटानको जोखिममा रहेको दरबाङ बजार संरक्षणमा एक करोड सहित विपद् ब्यवस्थापन शिर्षकमा सबैभन्दा बढी तीन करोड १२ लाख ३३ हजार, सडकमा एक करोड ८५ लाख, साझेदारीमा सञ्चालन हुने कार्यक्रमलाई दुई करोड ५० लाख, भवनमा २३ लाख ९० हजार, शिक्षामा एक करोड ९ लाख ९० हजार, स्वास्थ्यमा पचास लाख, खानेपानीमा ४७ लाख ९९ हजार, खेलमैदानलाई २२ लाख ५० हजार, कृषिलाई ४८ लाख ३२ हजार, पर्यटनलाई ३५ लाख, लघुउद्यमलाई ३८ लाख बिनियोजन गरेको छ ।

दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न र ओखरबोटमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न लागेको मालिकाले स्वास्थ्य क्षेत्रमा ५ लाख २ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र देखि सबै वडाका केन्द्र जोड्ने सडकमा बाह्ै महिना सवारी साधन सञ्चालन गर्न यसअघि मार्ग खोलिएका सडकको स्तरोन्नितिमा प्राथमिकता दिएको छ ।

Annapurna aarohan ko notice

चालु आर्थिक वर्षको हालसम्म विभिन्न शिर्षकमा ३४ करोड ५१ लख ७६ हजार १६९ रुपैयाँ आम्दानी र २४ करोड ३३ लाख ८१२ रुपैयाँ अथवा ७०.४८ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले बताउनुभयो । २३ वटा सडक आयोजना मार्फत १७.५ किलोमिटर नयाँ ट्याक निर्माण, ६०० मिटर स्तरोन्नति, १५० मिटर ढलान, ८० मिटर निर्माणाधिन, ७ किलोमिटर पदमार्ग स्तरोन्नती, १ वटा कल्भर्ट पुल, ११ वटा पदमार्ग, ३ वटा ढल निकासका योजना कार्यान्वयन भएका छन् ।

डाडागाउँमा वडा नम्बर ३ र स्वास्थ्य इकाइको भवन, २ वटा खोप केन्द्र, २ वटा बिद्यालय भवन, २ वटा शौचालय, ५ वटा सामुदायिक भवन र पहिरोबाट क्षतिग्रस्त निजी आवास पुननिर्माणको क्रममा छन् । ६ वटा खानेपानी, प्रधानमन्त्री रोजगार कार्यक्रमका ३५ वटा योजनाबाट ३६६ जनाले रोजगार पाएका छन् । बिद्यालयहरुमा ९ वटा २ कोठे, ५ वटा तीन कोठे, १० वटा आठ कोठे, १५ वटा खानेपानी आयोजना निर्माण भएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कोरोना अस्पताल सञ्चालन र टोल टोलमा पुगेर परिक्षण, होम आइसोलेशनको ब्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी शून्य दरबन्दीमा सञ्चालित बिद्यालयमा प्राबि तहका सात वटा दरबन्दी मिलान भएको छ । ५ वटा झोलुङ्गे पुल हरु निर्माणाधिन मालिकामा यस वर्षका चार वटा योजना ठेक्का मार्फत कार्यान्वयन भएको छ । छयारछ्यारेमा प्रदेश सरकारसँगको साझेदारीमा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ ।

२३ हजार ३५९ जनाको व्यक्तिगत घटना दर्ताको बिबरण अनलाइन प्रणालीमा डिजिटलाइजेशन गरिएको छ भने तीन हजार १४३ जना लाभग्राहीलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्ने ब्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षमा न्यायिक समितिले १४ वटा मुद्दाहरु मेलमिलाप गरेको छ । गरिबी निवारणका लागि लद्युउद्यम बिकास कार्यक्रम मार्फत १०२ जना नयाँ उद्यमी सिर्जना गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...