धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

Gandaki Kotihome

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।
बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कवाङका जनप्रतिनिधीहरुले फरक मत राखेका छन् । फरक मत राख्ने मध्य गुर्जाका वडा अध्यक्ष झक छन्त्याललाई गाउँसभाले लेखा समितिको संयोजकमा प्रस्ताव गरेको छ ।
उपाध्यक्ष रेशम छन्त्यालले सामाजिक सुरक्षा भत्ता र सशर्त अनुदान सहित चालुतर्फ ३४ करोड ३६ लाख र पुजिगततर्फ १३ करोड ८७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । संघीय र प्रदेश सरकारको अनुदान, गाउँपालिकाको आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमान गरिएको बजेटलाई आधार मानेर आगामी वर्षको योजना तथा कार्यक्रमका लागि बजेट बाडफाँड गरिएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।


अध्यक्ष थमसरा पुनले पुर्बाधार, विपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन र रोजगारीको क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको बताउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि सबैभन्दा बढी एक करोड रुपैयाँ सहित पुर्बाधार बिकासमा रु. पाँच करोड एघार लाख बिनियोजन गरेको छ ।
वन वातावरण तथा विपद् ब्यवस्थापनमा रु. एक करोड बाइस लाख बिनियोजन भएको छ । नीति तथा कार्यक्रममा ढोरपाटन हुदै कर्णाली प्रदेश जोड्ने हिमालयन राजमार्गको परिकल्पना गरिएको छ । ताकममा सुरु भएको पाँच शैया क्षमताको अस्पताल निर्माणलाई पूर्णता दिने, चिकित्सक सहितको अस्पतालको सेवालाई निरन्तरता, वडा कार्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गर्ने, ताकममा सिटिहल, कुटिचौरमा औद्योगिक ग्राम, कौसिनी–बाँसबोट लामो पुल बनाएर बञ्जिजम्प सञ्चालन गर्ने, मच्छिममा पार्क बनाउने, पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Upper Myagdi transmition line notice


Annapurna aarohan ko notice

स्वास्थ्यतर्फ मातृ शिशु मृत्युुदर घटाउने, सुनौला हजार दिनका आमासँग अध्यक्ष, कृषिमा हाम्रो टनेल, तपाइको उत्पादन कार्यक्रम चलाउने, घरघरमा धारा जडान गरेर खानेपानी उपलब्ध गराउने, सिचाई सुबिधा बिस्तार र जडिवुटी तथा फलफुल खेतीलाई जोड दिएको छ । कृषि, पर्यटन पुर्बाधार र रोजगार सम्बृद्ध धवलागिरी निर्माणको आधार भन्ने मुल नारा तय गरेको छ । गाउँसभामा पालिका स्थापना भएको चार वर्षमा भएका मुख्य मुख्य उपलब्धीहरुको विवरण सार्वजनिक भएको थियो ।


मुदी, लुलाङ, मराङ लगायत ५ वटा बस्तीमा सडक पुगेको, लुलाङ, नाउरा, बगर, खाम्लामा निजी धारा सहितको खानेपानी योजना कार्यान्वयन भएको, १० किलोमिटर नयाँ ट्याक खोलिएको, ४५ किलोमिटर सडक चौडा पारिएको, ५ किलोमिटरमा ग्यावियन पर्खाल लगाएर स्तरोन्नति भएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो । १० हेक्टरमा सिचाई, ५४१ घरमा खानेपानी, पाँच किलोमिटर पदमार्ग, दुई वटा सामुदायिक भवन, दुई वटा सांस्कृतिक पुर्बाधार, पाँच वटा झोलुङे पुल, ४ वटा बिद्यालय भवन र १२ वटा बिद्यालयमा अन्य पुर्बाधार निर्माण भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले पारित भएका योजना तथा कार्यक्रम समयमै कार्यान्वयनमा लगेर अहिलेकै जनप्रतिनिधीहरुको कार्यकालभित्र सम्पन्न गराउन पहल गर्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...