म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

Gandaki Kotihome

बेनी । कोरोना (भाइरस)को जोखिम, नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ ।

शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक भित्र्याएका छन् ।

विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुलेपनि घरमै बसेर पढ्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । भौगोलिक विकटता र प्रबिधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौति छ ।

Upper Myagdi transmition line notice

विद्यार्थीहरुले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले निषेधाज्ञामै बिद्यार्थीको हात हातमा पुस्तक पु¥याउन लागिएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरा स्थित क्षेत्रीय कार्यालयसंग समन्वय गरे कक्षा १ देखि १० सम्मको पुस्तक आयात भएको छ ।

Annapurna aarohan ko notice

जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई मार्फत तथ्याङ्क संकलन गरेर प्रतिकक्षा एक हजार सात सय देखि दुई हजार सेटको हाराहारीमा पुस्तक ल्याइएको पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले बताउनुभयो ।

महासंघले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीमा बिक्री केन्द्र स्थापना गरेको छ । टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण सुरु भएको छ । पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र सुरु हुनु अघिनै ढुवानी र वितरण गरिने पुस्तक ब्यवसायी ठाकुर शर्माले बताउनुभयो ।

कक्षा ५ देखि १० सम्मको लागि जनक शिक्षा सामग्रीबाट रु. ७६ लाख बराबरको र कक्षा १ देखि ४ सम्मको निजी प्रकाशन गृहबाट रु. ३६ लाख बराबरको पुस्तक खदिर गरिएको छ । २३२ वटा सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा यस वर्ष रु. एक करोड १२ लाख खर्च हुने बताइएको छ ।

एउटा कक्षाका लागि एक हजार सात सय देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम, लम्बिदो निषेधाज्ञाले तत्कालै विद्यालय खुल्ने सम्भावना नभएपनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने बताइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...