बगेर खेर जाने बालुवालाई ब्यवस्थित गर्दै जलजला

Shreekrishna hardware

बेनी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ ।

लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो ।

पछिल्लो पटक जारी भएको कार्यबिधी अनुसार ८ वटा बगरमा सूचना जारी गरेर बोल कबोल गर्ने फर्मलाई आर्थिक ऐन २०७७ मा भएको ब्यवस्था अनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने निर्णय गरेको गाउँ कार्यपालिकाका प्रवत्ता देबिन्द्रबहादुर भण्डारी (रबी)ले जानकारी दिनुभयो ।

Shreekrishna

धेरै जसो स्थानीय तहहरुले मनसुन सुरु भएर सतह बढेपछि नदीजन्य बस्तुको उत्खनन्मा रोक लगाएका छन् । जलजलाले भने यो समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यबिधीमा टेकेर ठेक्का प्रक्रिया सुरु गर्न लागेको हो ।

Ban devision notice

“बिगतमा बर्खामा ठेक्का नलगाएको समयमा पनि डोजर लगाएर बालुवा निकालेर चोरी निकासी भएको थियो,” कार्यपालिकाका प्रबत्ता भण्डारीले भन्नुभयो “चोरी, निकासी र राजस्व चुहावट हुनु भन्दा नयाँ कार्यबिधी अनुसार ठेक्का लगाएरै तोकिएको परिमाणमा बैधानिक हिसाबले बालुवा निकाल्न दिने निर्णय गरेका हौ ।”

आइईई रिपोर्ट अनुसार लामाखेत बगरबाट दश हजार घनमिटर, घुमाउने बगरबाट पाँच हजार घनमिटर, केराबारी बगरबाट सात हजार घनमिटर, मोहनचोकको लुङ्दी बगरबाट दश हजार घनमिटर, फर्र्से बगर (क)बाट दश हजार घनमिटर, फर्से बगर (ख) बाट बीस हजार घनमिटर, ज्यामिरे बगरबाट पाँच हजार घनमिटर र खनीयाघाट बगरबाट दश हजार घनमिटर बालुवा निकाल्न ठेक्का लगाउने निर्णय गरेको छ ।

प्रतिघनमिटर २८० रुपैयाँ न्युनतम मूल्य कायम भएको छ । जलजलाले यसअघि नदीजन्य बस्तुको उत्खनन्का लागि उपकरण प्रयोग गर्ने दिनेगरी ठेक्का सम्झौता गर्दै आएको छ । ठेक्का सम्झौता बिना आफुखुसी बालुवा निकाल्ने र निकासी गर्नेलाई ट्याक्टरलाई पहिलो पटक पन्ध्र हजार, टिप्परलाई पच्चिस हजार र डोजरलाई पचास हजार जरिवाना तिराउने र दोहोराएमा जरिवाना पनि बढाउने भएको छ ।

जलजला गाउँपालिकाले नदीजन्य बस्तुलाई मुख्य आन्तरिक आयस्रोत बनाएको छ । अध्यक्ष मल्लले बिकास आयोजनाका लागि आवश्यक कच्चा पदार्थको सहज आपुर्ति गराउन, आन्तरिक आयस्रोत बढाउन र चोरी निकासी रोकिने बताउनुभयो । “कालीगण्डकीले बगाएर ल्याउने बालुवालाई चेकड्याम बनाएर निकाल्ने हो,” उहाँले भन्नुभयो “बगेर खेर जाने बालुवा गाउँपालिकाको आन्तरिक आयस्रोतमा रुपान्तरण गराउन सबैको सहयोग आवश्यक छ । बगेर जानी बालुवा लाई चेक डेम बनाएर निकाल्नी हो ।”
सम्झौता अनुसार उत्खनन् भए नभएको अनुगमन र चोरी निकासी रोक्न जिल्ला समन्वय समिति, प्रहरी कार्यालय र पालिकाका प्रहरीले निगरानी गर्ने ब्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षमा पनि नदीजन्य बस्तु सहित ११ महिनाको अवधिमा दुई करोड ८६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको जनाएको छ । यसैगरी असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट प्रस्तुत गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...