तीस वटा साना सिचाई आयोजना निर्माण

Shreekrishna hardware

बेनी, म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा साना सिचाई आयोजना निर्माण भएका छन् ।

कृषि ज्ञान केन्द्रको अनुदानमा कृषक समूह र सहकारी संस्थाले निर्माण गरेका ती आयोजनाबाट ४५० घरधुरी कृषक लाभान्वित भएका छन् ।

कार्यालयको रु. एक करोड १० लाख अनुदान र कृषकहरुको रु. ११ लाख बराबरको श्रमदानमा निर्माण भएका सिचाई आयोजनाबाट ९०० रोपनी क्षेत्रफल जमिनमा सिचाई सुबिधा पुगेका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले जानकारी दिनुभयो ।

Shreekrishna

“पाइप, नहर र पोखरी निर्माण, मुहान संरक्षणका लागि माग संकलन गरि छनौट भएका समूह सहकारीलाई बढीमा रु. पाँच लाखसम्म अनुदान दिएका थियौ,” उहाँले भन्नुभयो “सबै आयोजना निर्माण सकिएका छन् । खाद्यान्नबाली, फलफूल र तरकारी खेतीमा सहयोग पुगेको छ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

२५ वटा योजनाको भुक्तानी भइसकेको छ । पाँच वटा योजनाको भुक्तानीको प्रक्रियामा छन् । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा, फुलबारी, मराङ लगायतका ठाउँमा पनि सिचाई आयोजना निर्माण भएका हुन् ।

गाउँपालिका, सिचाई डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिचाई कार्यक्रम मार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो । कुल लागतमा प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत श्रमदानमा आयोजना निर्माण भएका हुन् ।

कार्यालयको रु. एक लाख पचास हजार अनुदानमा थप रु. चार लाख लगानी गरेर पचास हजार लिटर क्षमताको सिचाई पोखरी निर्माण गरेको लिसेपानी कृषि फार्म बेनी नगरपालिका–९ का सञ्चालक बामदेव रिजालले बताउनुभयो । काउलेगौडाका राम खड्काले सिचाई पोखरी निर्माण भएपछि यसपाली समयमै धानको ब्याड राख्न पाएको बताउनुभयो ।

मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिचाई गर्न सहयोग मिलेको छ । कार्यक्रम मार्फत धेरैजसो कृषकहरुले पाइप खरिद गरेका छन् । केही ठाउँमा नहर र पोखरी पनि निर्माण भएको छ ।

दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलीएको गण्डकी प्रदेश अन्तरर्गत छ वटा स्थानीय तह भएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन छ । खेतीको लागि प्रयोग भएको १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन मध्ये २२ प्रतिशतमा व्यवस्थित र नियमित सिचाई सुबिधा उपलब्ध छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...