बेनीमा भैसी बिकास कार्यक्रम (भिडियो रिपोर्ट सहित)

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउन भैसीबिकास कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनी बजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम मार्फत सञ्चालनमा रहेका फार्ममा भैसीको संख्या थप गर्ने, गुणस्तरीय दूध उत्पादन, आहराको आपुर्ति, बजार ब्यवस्थापन र गोठ सुधारमा सघाएको पशु सेवा बिज्ञ केन्द्र म्याग्दीका प्रमुख इन्द्रबहादुर भट्टले बताउनुभयो ।

“१०० वटा दुहुना भैसी पालेका २० जना भन्दा बढी कृषकलाई समूहमा आवद्ध गराएका छौ,” उहाँले भन्नुभयो “म्याग्दीमा माग अनुसार दूधको आपुर्ति गराउन यस वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौ ।”

Shreekrishna

बेनी नगरपालिकाको वडा न. ६ अर्थुङ्गेको आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्र र वडा नम्बर ४ को बास्कुना कृषि सहकारी संस्था लिमिटेडलाई चालु आर्थिक वर्षमा रु. १५÷१५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो ।

केन्द्रका २१ र सहकारीका ५० जना कृषकहरुले ७३ वटा भैसीको संख्या थपेका छन् । थपिएका भैसीको लागि गोठको क्षमता बढाउन र भकारो सुधार गर्न सहयोग गरिएको आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रका अध्यक्ष कमल पौडेलले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“परजिवी बिरुद्धको खोप, औषधी र पौष्टिक तत्व खरिद, प्याकिङ गर्ने औजार खरिद, घाँसको बिउ बितरण गरेका छौ,” उहाँले भन्नुभयो “समयको बचत र लागत घटाउन घाँस काट्ने च्यापकटर र पानी तताउन सोलार जडान गरेका छौ ।”

मल र मुत्रको सुरक्षित ब्यवस्थापन गर्न गोठको संरचना सुधार गरेका छन् । समुहका लागि राँगो खरिद, भैसीलाई खोप लगाउन र भिटामिन खरिद गर्न कृषकलाई सघाएका छन् । खरिद गरेको भैसी दूवानी गर्न कृषकलाई अनुदान उपलब्ध गराएका छन् ।

बास्कुनाबाट दैनिक दुई सय र आधुनिक भैसीपालन समूहका कृषकले दैनिक एक हजार लिटर दूध उत्पादन गर्छन् । बेनी नगरपालिका–७ कुरिलाखर्कको ढुङ्गाना पशुपंक्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले १२ वटाबाट बढाएर भैसीको संख्या १६ वटा पु¥याएको बताउनुभयो ।

पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक्टन दूध उत्पादन हुन्छ । दैनिक दुई हजार पाँच सय लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरीङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो ।

पछिल्लो समय अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिंगा, सिमलचौर, बरंजा, घतान, तोरीपानी, पात्लेखेतका कृषकले ब्यवसायिक गाइभैसीपालन गर्न थालेपछि आयात घटेको छ । बिशेष गरेर युवाहरुले बैदेशिक रोजगारको बिकल्पमा पशुपालन गरेर स्वरोजगार बनेका बेनपा ६ एकपाटेका कृषक रामु शर्माले बताउनुभयो ।
कृृषकहरु ब्यवसायिक गाईभैसीपालनमा आकर्षित भएसँगै बजार र आहरा आपुर्तिको ब्यवस्थापनको चुनौति देखिएको छ । म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउनुका साथै कृषकहरुको आयआर्जन वृद्धि र जिवनस्तर सुधारका लागि दूधको बजार ब्यवस्थापन र आहरा उत्पादनमा जोड दिएको पशु सेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य प्राबिधिक सुभाष रेग्मीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...