राहत लिएर पिडितको घरदैलोमा बेनीका जनप्रतिनिधी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले पहिरो, कटान र बाढीबाट पिडित भएकाहरुलाई घरदैलोमै पुगेर राहत उपलब्ध गराएका छन् ।

घरबास गुमाएर समस्यामा परेका प्रकोप प्रभावितहरुको अस्थाई बसोबास ब्यवस्थापनमा सघाउन बिस्थापितलाई प्रति परिवारलाई पन्ध्र हजार रुपैयाँका दरले राहत उपलब्ध गराउन थालेका हुन् । यसैगरी पहिरोले क्षति पु¥याएको बेनी–दरबाङ सडकको फापरखेत र डम्मरा खण्डमा अनुगमन गर्नुभएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, कार्यपालिका सदस्य कृष्णकुमार बिश्वकर्मा, नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली, वडा अध्यक्ष गोबिन्द पौडेल, सूचना अधिकारी युवराज थापा लगायत जनप्रतिनिधी, कर्मचारी र प्राबिधिक टोलीले बिहिबार वडा न ४ का विभिन्न ठाउँमा पुग्नुभएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नगरपालिकाको क्युआरटी टोलीले म्याग्दी नदीको बाढीले कटान गरेको मसार, सिंगा तातोपानी, पहिरोले घर भत्किएको डम्मरा र राक्सेको निरिक्षण गरि पिडितहरुलाई राहत रकम बितरण गर्नुभएको थियो । तत्काललाई अस्थाई बसोबास ब्यवस्थापनका लागि सहयोग उपलब्ध गराइएको र संघ सरकारको निर्णय अनुसार आवास पुननिर्माणमा पनि सघाउने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

पहिरोबाट डम्मरामा एक र राक्सेमा तीन घर बस्नै नमिल्ने गरी चर्किएका छन् । मसारमा म्याग्दी नदीको बाढीले कटान गरेर १४ घर परिवार बिस्थापित भएका छन् । उनिहरु सरस्वती माविको भवन र आफन्तकहाँ आश्रय लिएर बसेका छन् । नगरपालिकाको विभिन्न ठाउँमा करिब ५० घर पहिरो, बाढी र कटानबाट प्रभावित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...