पहिरोले कोशेपानीमा दुई घर बिस्थापित

Shreekrishna hardware

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ कोशेपानीमा पहिरोका कारण दुई घरपरिवार बिस्थापित भएका छन् ।

केही दिनदेखिको निरन्तरको बर्षातका कारण घरवरपरको जमिन लच्किएको र पर्खाल चर्किएकाले जोखिम बढेपछि उनिहरुलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय केशव चोखालले बताउनुभयो ।उनिहरु छिमेकीकोमा आश्रय लिएर बसेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मोतिलाल मिजारका दुई भाई छोराको घर जोखिममा परेको छ । दुई वटा परिवारमा तीन तीन जना छन् । घरको पर्खाल र आगन चर्किएको छ । वपरपरको जमिन पनि चिरा परेको छ । थप क्षति हुन नदिन घरका सामान र मानिसहरुलाई सारिएको हो ।

Shreekrishna
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...