कोरोना र निषेधाज्ञाका बीच जेठमै वडाका सबै योजना निर्माण सकेका राम्चेका जनप्रतिनिधी र उपभोक्ताबाट सिक्नेकी ?

Gandaki Kotihome

राम्चे, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा चालु आर्थिक वर्षमा सञ्चालित पुर्बाधार सम्बन्धी सबै योजना निर्माण सकिएको छ ।

आर्थिक वर्ष सकिनुभन्दा एक महिनाअघिनै राम्चेका जनप्रतिनिधी, उपभोक्ता समिति र अगुवाहरु सबै योजना कार्यान्वयन सकेर आगामी वर्षको योजना छनौटमा जुटेका छन् । गाउँपालिका र प्रदेश सरकारले राम्चेका १३ वटा योजनाका लागि चालु आब २०७७÷७८ मा रु. एक करोड २२ लाख पचास हजार बिनियोजन गरेका थिए । वडा अध्यक्ष खमबहादुर गर्बुजाले १३ वटै योजना निर्माण र कार्यान्वयन जेठ महिनामै सकिएको बताउनुभयो ।

“समय तालिका बनाएर असोजमै उपभोक्ता समिति गठन र सम्भौता गरि योजना कार्यान्वयन सुरु गरेका थियौ,” उहाँले भन्नुभयो “सबै योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरेका हौ ।” वडा अध्यक्ष गर्बुजाले जनप्रतिनीधिहरुले जिम्मेवारी बाडफाँड गरेर समन्वय, अनुगमन र सहिजकरणसँगै उपभोक्ता समितिको सक्रीयताले समयमै योजना कार्यान्वयन गर्न सफल भएको बताउनुभयो ।

Upper Myagdi transmition line notice

प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले रु. तीस लाख बजेट बिनियोजन गरेको आलु ब्लक आयोजना राम्चेको सबैभन्दा ठूलो योजना हो । सिर्जनशिल कृषि सहकारी संस्था मार्फत कार्यान्वयन भएको यो कार्यक्रम मार्फत नांगी, राम्चे, थावन, काफलडाडाका कृषकहरुलाई यान्त्रिक हलो बितरण, भकारो सुधार, सिचाई पोखरी निर्माण लगायतका काम भएका छन् ।

गाउँपालिकाले रु. १५ लाख रुपैयाँ बिनियोजन गरेको राम्चे ग्रामिण सडक स्तरोन्नति योजना मार्फत राम्चेमा सडक ढलान भएको छ । गाउँपालिकाले बिनियोजन गरेको रु. दश लाख बजेटबाट नागीमा महिला समूहको भवन निर्माण भएको छ ।

Annapurna aarohan ko notice

महिला समूहले भवन बनाउन आन्तरिक स्रोतबाट थप रु. पाँच लाख खर्च गरेका छन् । रु. चार लाख बिनियोजन भएको थावनको पदमार्ग निर्माण योजना सबैभन्दा पहिले सकिएको थियो । गत वर्ष घरेलु तथा साना उद्योग कार्यालयको पाँच लाखमा सुरु भएको नागीको सिर्जनशिल हस्तकला समूहको भवनलाई यस वर्ष गाउँपालिकाले रु. तीन लाख बिनियोजन गरेर पूर्णता दिएको वडा सदस्य गेममाया पुन (राममाया)ले बताउनुभयो ।

गाउँपालिकाको रु. छ लाख बजेटबाट खनिएको नागी देखि दोभान जोड्ने सडकको अनुगमन र मूल्याङ्कन बाँकी छ । गाउँपालिकाको रु. १७ लाख बजेटले राम्चेमा खेलमैदान ढलान र डिलतर्फ ग्याबीन जालीको पर्खाल निर्माण भएको छ ।

रु. १३ लाख बजेट बिनियोजन भएको काफलडाडाँको बास्केटबल र भलिबलको खेलमैदान ढलान गरि पोल समेत गाडिएको छ । खेलमैदान बनाउन प्रवासीहरुले पनि युवा क्लवलाई सहयोग पठाएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सो खेलमैदानमा रु. छ लाख ७२ हजार खर्चेर बेरोजगार युवा परिचालन गरेर प्याराफिट बनाइएको छ ।

रु. पाँच लाख बजेटबाट छैस्वाँरा देखि महभिर जोड्ने सडक मर्मत भएको छ । यो सडक निर्माणमा प्रदेशसभा सदस्य बिनोद केसीको सिफारिसमा निर्वाचन क्षेत्र पुर्बाधार बिकास कार्यक्रम मार्फत रु. आठ लाख बिनियोजन भएको थियो ।

सोही कार्यक्रम मार्फत बिनियोजन भएको दश लाख बजेटबाट नागी देखि पर्वतको जलजला गाउँपालिकाको बनमडे जोड्ने सडक निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको रु. छ लाख बाट नागिको डाडागाउँमा पदमार्ग निर्माण भएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...