बेनीका शिक्षकलाई सुचना प्रबिधी सम्बन्धी तालिम

Gandaki Kotihome

बेनी । कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय सदुपयोग गरेर म्याग्दीको बेनी नगरपालिकाका शिक्षकहरुलाई सूचना प्रबिधी सम्बन्धी तालिम प्रदान गरिएको छ ।

बेनी नगरपालिकाको आयोजनामा दुई चरणमा ३०० जना शिक्षकहरुलाई भर्चुअल माध्यमबाट तालिम दिइएको हो । शिक्षकहरुलाई सुचना प्रबिधीको प्रयोग सम्बन्धी सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान सिप प्रदान र क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन भएको थियो ।

शिक्षण बिधीमा सुचना प्रबिधीको प्रयोग गरि भर्चुचल माध्यमबाट पठनपाठन सञ्चालनका लागि दक्ष जनशक्ती तयार पार्न तालिम सञ्चालन गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“नगरपालिकाका सामुदायिक बिद्यालयमा कार्यरत ३६८ जना मध्य ३०० जना तालिममा सहभागी भएका थिए,” उहाँले भन्नुभयो “कम्प्युटर, ल्यापटप, नोटप्याड, मोवाइल लगायत ग्याजेटको प्रयोग गरि इन्टरनेट, युटुयुब, गुगल आदी माध्यमबाट पठनपाठन गर्ने प्राबिधिक तथा ब्यवहारिक ज्ञान सिप प्रदान गरिएको हो ।”

२०७८ बैशाख ३१ देखि जेठ ११ गतेसम्म पहिलो र जेठ १२ देखि २८ गतेसम्म दोस्रो चरणमा तालिम सञ्चालन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदी, शिक्षा शाखाका उपसचिब शिवप्रसाद रेग्मी, शिक्षा अधिकृत अर्जुन पौडेल, प्राबिधिक सहायक गिता नेपाल, स्रोत व्यक्ति जयराम सुबेदी र मोहन बानियाले तालिमको संयोजनसँगै सहजिकरण गर्नुभएको थियो ।

यसैगरी केशव रेग्मी, देबिप्रसाद शर्मा (शिव सस्मित), गंगबहादुर खत्री, शिव शर्मा, हरि छन्त्याल, सन्तोष सुबेदी, टेकप्रसाद सुबेदी, दिलप्रसाद श्रेष्ठ, राजन बानियाले शिक्षण बिधीमा सूचना प्रबिधीको प्रयोग सम्बन्धी बिषयमा सहजिकरण गर्नुभएको थियो । शिक्षक पबित्रा बोगटी केसीले एउटा कक्षामा योग अभ्यासको प्रशिक्षण दिनुभएको थियो ।

नगरप्रमुख हरिकुमार श्रेष्ठले तालिममा सहभागी शिक्षकहरुलाई सिकेको ज्ञान, सिपको शिक्षण बिधीमा प्रयोग गरेर सिकाई उपलब्धी बढाउन शिक्षकहरुलाई आग्रह गर्नुभएको थियो । आन्तरिक मूल्याङ्कन बिधीबाट बार्षिक परिक्षाको नतिजा प्रकाशनको तयारीमा जुटेको बेनी नगरपालिकाको शिक्षा शाखाले आगामी शैक्षिक सत्रको नयाँ भर्नाको तयारी पनि थालेको जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...