बेनीको कर्मचारी आवास क्षेत्रमा बाढी पसेर क्षति

Gandaki Kotihome

बेनी, म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेर क्षति पुगेको छ ।

बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको हो । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।

भु–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई÷दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको हो ।

Upper Myagdi transmition line notice

सात वटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको सहायक वन अधिकृत नबिन बिश्वकर्माले बताए । ‘राती दुई बजे बाढी आएपछि भागाभाग भयो,’ उनले भने ‘तर्काउने पर्यास गर्दा गर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो ।’

वन डिभिजनको बहुबर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्नका लागी तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । सो ठाउँमा गत बर्षको भदौमा पनी बाढी पसेको थियो ।

भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी इकाइका प्रमुख शम्भुकुमार मिश्रले गत वर्षको बाढीले थुपारेको माटो ब्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए ।

‘बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ,’ उनले भने ‘बाढीको पूर्ण निणयन्त्र नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो ।’

Annapurna aarohan ko notice

सोही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परेपनि क्षति पुगेको छैन् । कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ । निर्वाचन कार्यालय जाने सडक भत्किएको छ ।

सो ठाउँमा निर्वाचन, खानेपानी जलस्रोत तथा सिचाई बिकास डिभिजन, कोष तथा लेखा नियन्त्रक, नापी, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बन डिभिजन, भू–तथा जलाधार संरक्षण, बेनी नगरपालिका र मालपोतको कार्यालय भवन छन् ।

सरकारी भवन भन्दा पछाडी करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ । पाखो र सडकबाट आउने बासीलाई सुरक्षित र ब्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पु¥याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए ।

बेनी–अर्थुङ्गे सडक पनि पहिरो र बाढीका कारण अवरुद्ध बनेको छ । पात्लेखेतका कृषक रमेश शर्माले बर्षासँगै सडक अवरुद्ध र जिर्ण हुदाँ दूध ढुवानी गर्न समस्या भएको गुनासो गरे ।

वारीबेनी बजारको मल्लाज चोकमा पनि बाढीको समस्या देखिएको छ । सडकको नालीमा राखिएको खानेपानीको पाइपका कारण सडकमा बाढी निस्कीएर हिलो र फोहोर भएको स्थानीय रामबहादुर खत्रीले बताए ।

‘सडकको नालीभित्र खानेपानीको पाइप राखिएकाले भल बग्न नपाएर बाहिर निस्कीएको हो,’ उनले भने ‘खानेपानीलाई सफा र शुद्ध बनाउन तथा भल ब्यवस्थापन गर्न नालीबाट पाइप हटाउन माग गरेपनि सुनुवाई भएन् ।’

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...